अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक  अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह

राजविराज राजविराज
|
आइतबार, बैशाख २६, २०७८
|
|
४१ पटक हेरिएको
Shares
अक्सिजन व्यवस्थापनका लागि प्रादेशिक  अस्पताललाई पाँच/पाँच लाख : मन्त्री साह

सारांश

  •     जिल्लामा कोरोनाको जोखिम तथा अवस्था बारे बुझन महासंघको भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा कोरोना कहरमा संचारकर्मीहरुलाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रि खरीद गर्नका लागि ५० हजार आर्थिक सहयोग गर्ने बताएका हुन् ।
  •       महासंघका सभापति श्रवणकुमार देवलगायत अन्य संचारकर्मीको उपस्थितमा सामाजिक दुरी कायम राख्दै आयोजित छलफल कार्यक्रममा मन्त्री साहले अहिलेको अवस्थामा सबैभन्दा बढी अक्सिजन सिलिण्डरको अभाव रहेकोले सोको व्यवस्थापनका लागि प्रदेश सरकारले प्रादेशिक अस्पतालहरुलाई ५/५ लाख रकम उपलब्ध गराएको जानकारी दिए ।
  •       त्यस्तै उनले अस्पतालहरुमा जनशक्तिको अभाव रहेकोमा त्यसको पूर्तीका लागि प्रदेश सरकारले कार्य सुरु गरिसकेको जानकारी पनि दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
    प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई स्वास्थ्य सामाग्रिका लागि आर्थिक सहयोग गर्ने भएका छन् । 
    जिल्लामा कोरोनाको जोखिम तथा अवस्था बारे बुझन महासंघको भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा कोरोना कहरमा संचारकर्मीहरुलाई चाहिने आवश्यक स्वास्थ्य सामाग्रि खरीद गर्नका लागि ५० हजार आर्थिक सहयोग गर्ने बताएका हुन् । 
    महासंघका सभापति श्रवणकुमार देवलगायत अन्य संचारकर्मीको उपस्थितमा सामाजिक दुरी कायम राख्दै आयोजित छलफल कार्यक्रममा मन्त्री साहले अहिलेको अवस्थामा सबैभन्दा बढी अक्सिजन सिलिण्डरको अभाव रहेकोले सोको व्यवस्थापनका लागि प्रदेश सरकारले प्रादेशिक अस्पतालहरुलाई ५/५ लाख रकम उपलब्ध गराएको जानकारी दिए । 
    त्यस्तै उनले अस्पतालहरुमा जनशक्तिको अभाव रहेकोमा त्यसको पूर्तीका लागि प्रदेश सरकारले कार्य सुरु गरिसकेको जानकारी पनि दिए । यस्तै पिसिआरको दायरा बढाउने कार्य समेत सुरु भइसकेको र सोमबारदेखी पिसिआर मेशिनको क्षमता बढाउनका लागि ओटोएक्टेशन मेशिन जडान हुने जानकारी दिए । 
    सोही छलफल कार्यक्रममा जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएकोले त्यसप्रति सम्पूर्ण जिल्लावासी सचेत हुनुपर्नेमा जोड दिए । उनले संक्रमितहरु खुलेआम घुमफिर गरिरहेकाले उनीहरुप्रति स्थानिय सरकार समेतले ध्यान दिनुपर्ने सुझाव दिए । 
    सोही छलफलमा राजविराजस्थित साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा ५० शैय्याको कोभिड अस्पताल सोमबारदेखी संचालनमा आउने उनले जानकारी दिए । 
    यसअघि गजेन्द्रनारायण सिंह अस्पतालमा २५ शैय्याको एचडियु युनिट संचालनमा रहेको छ । संक्रमितहरु बढ्दै गएको अवस्थामा उपचारमा समस्या आउने भएपछि सो अस्पताल संचालनमा ल्याइने भएको हो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?