राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १६, २०७८
|
|
१४२ पटक हेरिएको
Shares
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत

सारांश

  •     कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पार्दै उनीहरुकै  संरक्षणमा भ्रष्टाचार मौलाएकोले यसलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिएका छन् ।
  •       सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
  •       उनले अब भ्रष्टाचारीलाई जनताबाटै जनकारबाही शुरु गरिसकेकोले यसमा सबैको सहयोग आवश्यक रहेकोले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना भएको उल्लेख पनि गरे ।

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकमा राजनैतिक पार्टीहरुकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् । 
    कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पार्दै उनीहरुकै  संरक्षणमा भ्रष्टाचार मौलाएकोले यसलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिएका छन् । 
    सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । 
    उनले अब भ्रष्टाचारीलाई जनताबाटै जनकारबाही शुरु गरिसकेकोले यसमा सबैको सहयोग आवश्यक रहेकोले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना भएको उल्लेख पनि गरे । 
    उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेकोले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताए । 
    कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । 
    जनमत पार्टी कंचनरुप नगर समितिका अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सह–सचिव शिवनन्दन मेहता, नेता ईन्द्रदेव कौडरिया, उमेश दास, मो. समिम शेख, बिशेश्वर मेहतालगायतले सम्बोधन गर्दै भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
चाडपर्वलाई लक्षित गरि सरसफाई अभियान
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
फरार ८२ कैदीबन्दी पक्राउ
फरार ८२ कैदीबन्दी पक्राउ
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी