दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
जिल्लाको कंचनरुप नगरपालिकामा म्याजिकले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् ।
सो नगरपालिका ४ धनकट्टा टोल कोशिबाँधको मोडमा उतरबाट दक्षिणतर्फ जादै गरेको को१ज १६३१ नं.को म्याजिकले सोही दिशातर्फ जादै गरेका पैदल यात्री स्थानिय ५० वर्षिय राजाराम मुखिया घाइते भएका हुन् ।
घाइते मुखियाको दुवै खुट्टामा चोट लागेकोले स्थानिय धर्मेश्वर अस्पताल ठेलियामा उपचारका लागि भर्ना गरिएको जनाउँदै म्यजिक र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाको सुरूङगा नगरपालिका ८ शमशेरपुरस्थित कुशाह धाती सडक खण्डमा कुशाहाबाट धाती तर्फ जादै गरेको प्र.२–०१–००१प.७२९४ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक बलानबिहुल १ बस्ने २४ वर्षिय बिजय चौधरी र पछाडी सवार २१ वर्षका एलेन्स चौधरी घाइते भएका छन् ।
घाईतेहरुलाई तत्काल उपचारको लागी स्थानिय क्लिनिकमा भर्ना गरिएको तथा घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य जारिरहेको प्रहरीले जनाएको छ ।
यस्तै बोदेबर्साइन ७ हैठीस्थित बोदेबर्साईन स्वर्णपट्टी सडक खण्डमा २७ वर्षिय स्थानिय रबिन कुमार यादव गाँउको पसलबाट घरायसी सर–सामान खरीद गरि घर फर्किने क्रममा बा.२८ प. ६९०९ नं.को मोटरसाइकलले ठक्कर दिएको छ ।
ठक्करबाट घाइते भएका रबिनको स्थानिय जिवन ज्योती अस्पताल बोदेबर्साईनमा उपचार भई रहेको छ भने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि जिल्लाकै खडक नगरपालिका ४ अमाहस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा५९प ६५८१ न.को मोटरसाइकललाई बिपरित दिशाबाट आँउदै गरेको बा३च ८९६० न.को स्करपियोले ठक्कर दिएको छ ।
ठक्करबाट माटरसाइकल चालक खडक ८ बिसनपुर निवासी २१ वर्षिय दिनेश मण्डल घाईते भएका छन् । उनलाई उपचारका लागि लहान पठाईएको तथा दुर्घट्ना भएको मोटरसाईकल र स्कारपियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि रुपनी १ रायपुरस्थित रुपनी राजबिराज सडक खण्डमा रुपनीबाट राजबिराजतर्फ जादै गरेको स४प ३२६४ नं. को मोटरसाइकलले एक साइकल यात्रीलाई ठक्कर दिएको छ ।
सो ठक्करबाट साईकल यात्रि स्थानिय ५५ वर्षिय हरीया कुमार हर्जन राम घाइते भएका छन् । घाइते भएका रामलाई तत्काल उपचारका लागी युनिक अस्पतालमा भर्ना गरिएको छ भने माटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई घट्ना सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते
सारांश
- जिल्लाको कंचनरुप नगरपालिकामा म्याजिकले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् ।
- सो नगरपालिका ४ धनकट्टा टोल कोशिबाँधको मोडमा उतरबाट दक्षिणतर्फ जादै गरेको को१ज १६३१ नं.
- को म्याजिकले सोही दिशातर्फ जादै गरेका पैदल यात्री स्थानिय ५० वर्षिय राजाराम मुखिया घाइते भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया