दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालजमा नियमित डायलायसिस गराउँदै आएका ६ जना तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि सोमबार कोरोना संक्रमित भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाका अनुसार संक्रमित हुनेहरुमा अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एक डाक्टर तथा सर्जरी विभागमा काम गर्ने एक स्वास्थ्यकर्मी समेत रहेका छन् ।
यस्तै एक प्रहरी र करदाता सेवा केन्द्रका एक कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुने अन्यमा तिलाठी कोइलाडी गाउँपालिकाका ३, राजविराज नगरपालिका, सुरुङ्गा नगरपालिकाका २÷२ तथा खडक नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका १÷१ जना गरि कुल १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यता संक्रमित डाक्टर र स्वास्थ्यकर्मीलाई होम आइसोलेशन तथा अन्य बाँकी संक्रमतिलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन सेन्टरमा राखी उपचार गरिने गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जानकारी दिएका छन् ।
सप्तरीमा यो समेत संक्रमितको कुल संख्या १ हजार ३४ पुगेको छ । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने ७ सय ३६ जना निको भई डिस्चार्ज भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
सारांश
- अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झाका अनुसार संक्रमित हुनेहरुमा अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एक डाक्टर तथा सर्जरी विभागमा काम गर्ने एक स्वास्थ्यकर्मी समेत रहेका छन् ।
- यस्तै एक प्रहरी र करदाता सेवा केन्द्रका एक कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया