श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन

राजविराज राजविराज
|
बिहिबार, आषाढ २८, २०८०
|
|
१७ पटक हेरिएको
Shares
श्रमिकको तलब २५ हजार निर्धारण  माग गर्दै प्रदर्शन र ज्ञापन

सारांश

  •     श्रमिकहरुको जीवनयापनमा सहजताका लागि सो प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन पत्र पठाइएको हो ।
  •       ट्रेड यूनियनका जिल्ला अध्यक्ष मनोज कुमार मण्डल नेतृत्वको टोलीद्वारा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा मार्फत पठाइएको ज्ञापन पत्रमा वर्तमान समयको मूल्य वृद्धि र महगीलाई ध्यानमा राखी श्रमिकहरुको जीवन सहजताका लागि न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गरिनु पर्ने माग गरिएको छ ।
  •       अनौपचारीक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई आकाशिदो बाजार मूल्यले हात–मुख जोडने समस्यामा समेत पारेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत हाल निर्धारण गरिएको अव्यवहारिक र अपूग पारिश्रमिकलाई समयसापेक्ष बनाउन माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ असार ।  
 
    मासिक पारिश्रमिक न्यूनतम २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा बिहीबार प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाइएको छ । 
    श्रमिकहरुको जीवनयापनमा सहजताका लागि सो प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन पत्र पठाइएको हो । 
    ट्रेड यूनियनका जिल्ला अध्यक्ष मनोज कुमार मण्डल नेतृत्वको टोलीद्वारा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा मार्फत पठाइएको ज्ञापन पत्रमा वर्तमान समयको मूल्य वृद्धि र महगीलाई ध्यानमा राखी श्रमिकहरुको जीवन सहजताका लागि न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गरिनु पर्ने माग गरिएको छ । 
    अनौपचारीक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई आकाशिदो बाजार मूल्यले हात–मुख जोडने समस्यामा समेत पारेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत हाल निर्धारण गरिएको अव्यवहारिक र अपूग पारिश्रमिकलाई समयसापेक्ष बनाउन माग गरिएको छ । 
    उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन पनि श्रमिकहरुको जीवनस्तरमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत श्रमिकको मासिक पारिश्रमिक २५ हजार निर्धारण नगरिए कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । 
    ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै सो ज्ञापन पत्र सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएको ट्रेड यूनियन काँग्रेस सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
रंगभेद विरुद्ध राजविराजमा जनमतको प्रदर्शन
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह