राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक

राजविराज राजविराज
|
बिहिबार, जेठ १, २०८२
|
|
६६ पटक हेरिएको
Shares
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक

सारांश

  •     देशमा स्थिर सरकार बनेकै कारण अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३÷३ महिनामा विश्वासको मत लिनु नपरेको र अविश्वासको प्रस्ताव पनि नआएको बताए ।
  •       नेपाल पत्रकार महासंघ सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले एमालेसंग सरकार बनाएको १० महिनामा देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी दिए ।
  •     “यो मैले भनेको होईन, राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनको आधारमा भनेको हुँ” उनले भने, “एमालेसँग सरकार बनेको १० महिनाको समयमा  अवस्थामा अहिले परिवर्तन भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ जेठ । 

    गृहमन्त्री रमेश लेखकले काँग्रेस एमाले मिलेर देशमा राजनीतिक स्थिरता कायम गर्न सरकार बनाएको बताएका छन् । 
    देशमा स्थिर सरकार बनेकै कारण अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३÷३ महिनामा विश्वासको मत लिनु नपरेको र अविश्वासको प्रस्ताव पनि नआएको बताए । 
    नेपाल पत्रकार महासंघ सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले एमालेसंग सरकार बनाएको १० महिनामा देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी दिए ।
    “यो मैले भनेको होईन, राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनको आधारमा भनेको हुँ” उनले भने, “एमालेसँग सरकार बनेको १० महिनाको समयमा  अवस्थामा अहिले परिवर्तन भएको छ ।” 
    १० महिनाको अवधीमा सरकारले बैदेशिक मुद्राको संचितीमा बृद्धि, राजश्व संकलनमा सुधार, आयात घटाएर निर्यातमा बृद्धि सँगै बजार मुल्य नियन्त्रणमा समेत उल्लेखनीय काम गरेको उनको भनाई छ । 
    सरकार बनेको १० महिनामा आर्थिक स्थितिमा सुधार ल्याउँदै धरै कानुनहरु बनेको यसले संविधानको कार्यान्वयन हुनुका साथै संघीयतालाई बलियो बनाउने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे । 
    केही मानिस र समुहले देशमा निराशाको खेती गर्दै दिनहुँ सरकार ढल्ने प्रचारवाजी गरिरहेकोले त्यसमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले काँग्रेस एमालेबीच कुनै विवाद नरहेकोले हल्लाको पछि नलाग्न आग्रह गरे । 
    वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको भन्दै उनले  देशका हरेक समस्या क्रमिक रुपमा समाधान गर्न आफुहरु क्रियाशिल रहेको जनाए । नेपाली काँग्रेस र एमाले बीच भएको ७ बुंदे सहमती अनुसार नै सरकार अघि बढेको भन्दै उनले सरकार संचालनमा कुनै पनि बाधा, अडचन र आपसी मतभेद नरहेका स्पष्ट पारे । 
    नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीमा भईरहेको ढिलाई बारे संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफमा उनले चाडै गर्भनर नियुक्ती हुने जनाए । “अबको केही दिनभित्रै गर्भनर नियुक्तको प्रक्रिया टुङ्गयाईने छ” उनले भने । 
    पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव लगायतको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
जंगली हात्तिको समस्या समाधानका लागि प्रभावकारी  र दीर्घकालीन योजना आवश्यक ः सासंद कर्ण
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
नागरिकता विधेयक फिर्तापछि  लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी