राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक

राजविराज राजविराज
|
बिहिबार, जेठ १, २०८२
|
|
४४ पटक हेरिएको
Shares
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक

सारांश

  •     देशमा स्थिर सरकार बनेकै कारण अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३÷३ महिनामा विश्वासको मत लिनु नपरेको र अविश्वासको प्रस्ताव पनि नआएको बताए ।
  •       नेपाल पत्रकार महासंघ सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले एमालेसंग सरकार बनाएको १० महिनामा देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी दिए ।
  •     “यो मैले भनेको होईन, राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनको आधारमा भनेको हुँ” उनले भने, “एमालेसँग सरकार बनेको १० महिनाको समयमा  अवस्थामा अहिले परिवर्तन भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ जेठ । 

    गृहमन्त्री रमेश लेखकले काँग्रेस एमाले मिलेर देशमा राजनीतिक स्थिरता कायम गर्न सरकार बनाएको बताएका छन् । 
    देशमा स्थिर सरकार बनेकै कारण अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३÷३ महिनामा विश्वासको मत लिनु नपरेको र अविश्वासको प्रस्ताव पनि नआएको बताए । 
    नेपाल पत्रकार महासंघ सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले एमालेसंग सरकार बनाएको १० महिनामा देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी दिए ।
    “यो मैले भनेको होईन, राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनको आधारमा भनेको हुँ” उनले भने, “एमालेसँग सरकार बनेको १० महिनाको समयमा  अवस्थामा अहिले परिवर्तन भएको छ ।” 
    १० महिनाको अवधीमा सरकारले बैदेशिक मुद्राको संचितीमा बृद्धि, राजश्व संकलनमा सुधार, आयात घटाएर निर्यातमा बृद्धि सँगै बजार मुल्य नियन्त्रणमा समेत उल्लेखनीय काम गरेको उनको भनाई छ । 
    सरकार बनेको १० महिनामा आर्थिक स्थितिमा सुधार ल्याउँदै धरै कानुनहरु बनेको यसले संविधानको कार्यान्वयन हुनुका साथै संघीयतालाई बलियो बनाउने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे । 
    केही मानिस र समुहले देशमा निराशाको खेती गर्दै दिनहुँ सरकार ढल्ने प्रचारवाजी गरिरहेकोले त्यसमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले काँग्रेस एमालेबीच कुनै विवाद नरहेकोले हल्लाको पछि नलाग्न आग्रह गरे । 
    वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको भन्दै उनले  देशका हरेक समस्या क्रमिक रुपमा समाधान गर्न आफुहरु क्रियाशिल रहेको जनाए । नेपाली काँग्रेस र एमाले बीच भएको ७ बुंदे सहमती अनुसार नै सरकार अघि बढेको भन्दै उनले सरकार संचालनमा कुनै पनि बाधा, अडचन र आपसी मतभेद नरहेका स्पष्ट पारे । 
    नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीमा भईरहेको ढिलाई बारे संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफमा उनले चाडै गर्भनर नियुक्ती हुने जनाए । “अबको केही दिनभित्रै गर्भनर नियुक्तको प्रक्रिया टुङ्गयाईने छ” उनले भने । 
    पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव लगायतको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित