शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस

राजविराज राजविराज
|
बिहिबार, श्रावण १७, २०८१
|
|
४० पटक हेरिएको
Shares
शैक्षिक सामाग्रि बितरण गरि मनाइयो स्व. रामको स्मृती दिवस

सारांश

  •     जनचेतना दलित संगम नामक संस्थाले सिनो बहिष्कार आन्दोलनका अगुवा समेत रहेका दलित नेता स्व.
  • रामको ७औंं स्मृती दिवसको अवसरमा शैक्षिक सामाग्रि बितरण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो ।
  •       संस्थाका अध्यक्ष र।

दैनिक समाचारदाता
राजविराज, १७ साउन ।

    भूमि अधिकार मञ्च नेपालका संस्थापक अध्यक्ष स्व. बलदेव रामको स्मृती दिवसको अवसरमा बिहीबार विपन्न दलित समुदायका तीन सय बालबालिकालाई शैक्षिक सामाग्रिबितरण गरिएको छ । 
    जनचेतना दलित संगम नामक संस्थाले सिनो बहिष्कार आन्दोलनका अगुवा समेत रहेका दलित नेता स्व. रामको ७औंं स्मृती दिवसको अवसरमा शैक्षिक सामाग्रि बितरण तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो । 
    संस्थाका अध्यक्ष र।ामलखन रामको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य माला कर्णले विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्रि बितरण गरे । बितरण गरिएको शैक्षिक सामाग्रिहरुमा ब्याग, पोशाक, कपी, पेन्सिल लगायतका सामाग्रिहरु रहेको संस्थाका प्रतिनिधि प्रेम विश्वकर्माले जानकारी दिए ।
    यसरी शैक्षिक सामाग्रि पाउनेमा खडक नगरपालिकाका ३२, सप्तकोशी नगरपालिकाका १००, बालनबिहुल गाउँपालिकाका ३०, अग्निसाइर कृष्णासवरण गाउँपालिकाका १०० र सुरुङ्गा नगरपालिकाका ३८ जना विपन्न समुदायका बालबालिका छन् । 
    सो अवसरमा दलित अधिकारका विभिन्न आन्दोलनमा अगुवाई गरेका अर्जुन थपलिया, दशन मण्डल, देवलाल राम र चन्देश्वरी देवी सदालाई सम्मान समेत गरिएको छ । 
    कार्यक्रममा प्रदेशसभा सदस्य माला कर्णका साथै पूर्वसांसद अशर्फी सदा, पूर्वनगर प्रमुख मुक्तीनाथ चौधरी, वडा अध्यक्ष देवेन्द्र चौधरी, लगायतले स्व. रामको योगदानको चर्चा गर्दै उनको स्मृती एवं सम्मानमा प्रतिष्ठान दर्ता गरी अघि बढ्नुपर्ने र यसका लागि आप–आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?