अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता

राजविराज राजविराज
|
बुधबार, श्रावण ९, २०८१
|
|
४५ पटक हेरिएको
Shares
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता

सारांश

  •     युनिसेफको सहयोग र कञ्चनरुप नगरपालिकाको समन्वयमा तिलाठी कोईलाडी गाउँपालिकाले बुधबार कञ्चनरुप नगरपालिकामा आयोजना गरेको नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्तो बताएका हुन् ।
  •     खोलै खोलाले घेरिएको नगरपालिका र जंगली जनावरको आतंककाबीच सिमित श्रोत साधन भएपनि नगरपालिका काम गरिरहेको बताउँदै उनले सहकार्य र समन्वयबाट मात्रै कुनै पनि काम सफल हुने बताए ।
  •     ‘अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन, उनीहरुलाई आय आर्जनमा कसरी लगाउन सकिन्छ ?

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ताले विपद्को सम्भावित जोखिमबाट जोगिनका लागि न्युनीकरणका उपायहरु अपनाउनु आवश्यक रहेको बताएका छन् ।
    युनिसेफको सहयोग र कञ्चनरुप नगरपालिकाको समन्वयमा तिलाठी कोईलाडी गाउँपालिकाले बुधबार कञ्चनरुप नगरपालिकामा आयोजना गरेको नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्तो बताएका हुन् ।
    खोलै खोलाले घेरिएको नगरपालिका र जंगली जनावरको आतंककाबीच सिमित श्रोत साधन भएपनि नगरपालिका काम गरिरहेको बताउँदै उनले सहकार्य र समन्वयबाट मात्रै कुनै पनि काम सफल हुने बताए ।
    ‘अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन, उनीहरुलाई आय आर्जनमा कसरी लगाउन सकिन्छ ? त्यता तिर पनि सोच्नु जरुरी छ’ उनले भने,  ‘सबै भौतिक संरचनाहरुलाई अपाङ्गता मैत्री बनाउनु जरुरी छ ।’ 
    कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, प्रशासकीय अधिकृत नवराज खड्कासहितकाले नगरपालिकाले झेल्दै आएको विपद् सम्बन्धी समस्या तथा समाधानका लागि नगरपालिकाले गरेका पहलहरुका बारेमा जानकारी गराएका थिए ।
    सो अभिमुखीकरण कार्यक्रममा अपाङ्गता सम्बन्धी राष्ट्रिय निर्देशक समितिका सदस्य सावित्रा घिमिरे, युनिसेफका अशोक कुमार झा, तिलाठी कोईलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झासहितकाले सहजीकरण गरेका थिए । 
    कार्यक्रममा कञ्चनरुप नगरपालिकाको विपद् ब्यवस्थापन समिति र अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, सुरक्षा निकायका अधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    युनिसेफको सहयोगमा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकामा नगरपालिका स्तरीय अपाङ्गता मैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गर्ने कार्यक्रम रहेको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?