दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको विद्युत सप्लाई काटेको छ ।
लामो समयदेखी विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेको बेला प्राधिकरणले राजविराज नगरपालिकको जरिवाना बाहेक १६ लाख रुँपैया बाँकी रहेको भन्दै विद्युत सप्लाई काटेको हो ।
पटक पटक ताकेता र पत्राचार गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको बितरण केन्द्र राजविराजका प्रमुख आमोद प्रसाद यादवले जानकारी दिएका छन् ।
“वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।” उनले भने, “दुई दिनअघि पनि वक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्ता गर्यो ।”
यता राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा बिद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल वापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासी लाइन काटिनु उचित नभएको बताए ।
“प्राधिकरणले विद्युत उपभोग गरेवापत शुल्क लिए हामी पनि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा लिन बाध्य हुनेछौं” उनले भने “नगरपालिका स्थापना भएदेखी नै विद्युत महसुल नबुझाएको आफूलाई जानकारी प्राप्त भएको र यसको समाधानका लागि नगर प्रमुख सँग छलफल गरि आवश्यक निर्णय लिने छौं ।”
लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट संचालन हुने सबै सेवा ठप्प भएको छ ।
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
सारांश
- लामो समयदेखी विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेको बेला प्राधिकरणले राजविराज नगरपालिकको जरिवाना बाहेक १६ लाख रुँपैया बाँकी रहेको भन्दै विद्युत सप्लाई काटेको हो ।
- पटक पटक ताकेता र पत्राचार गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको बितरण केन्द्र राजविराजका प्रमुख आमोद प्रसाद यादवले जानकारी दिएका छन् ।
- “वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया