दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
अदालतबाट जन्म कैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित ११ जनाको रिहाईको माँग गर्दै रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले तीन दिने थारु राष्ट्रिय प्रशिक्षण भेलामार्फत सात बुँदे घोषणा पत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।
सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय राष्ट्रिय संघर्ष समिति गठन गरि पाँच बुँदे आन्दोलन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले घोषणापत्र र आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।
साँत बुँदे घोषणा पत्रमा टीकापुर घटना छानबिनका लागि पूर्वन्ययाधिश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्नुपर्ने, थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, थरुहट आन्दोलनका पीडित परिवारलाई आवश्यक क्षतिपूर्ती तथा थरुहट आन्दोलनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका मुद्दा अविलम्ब संबोधन गर्नुपर्ने माँग सरकारसँग गरिएको छ ।
यस्तै २८ बैशाखदेखी रेशम चौधरीसहित ११ जनाको रिहाईका लागि दबाब दिन मेची महाकाली जनजागरण अभियान, ५ जेठमा सबै जिल्ला सदरमुकाममा प्रदर्शनसहित प्रधानमन्त्री, गृहमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको छ ।
पाँच बुँदे आन्दोलन कार्यक्रम अन्तरगत जेठ महिनाभर प्रदेशस्तरिय तथा काठमाडौं केन्द्रित जनसभा, मानवअधिकार आयोग, कुटनीतिक आयोग, राजनीतिक दल तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
तीन दिनसम्म चलेको भेलामा बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, बारा, पर्सा, नवलपरासी, मकवानपुर, सुनसरी, मोरङ्ग, झापा र सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र नौं वटा भातृ संगठनका प्रतिनिधी तथा थारु अगुवाहरुको सहभागिता रहेको थियो ।
रेशम चौधरी बचाऔं अभियानले ग¥यो आन्दोलनको घोषणा
सारांश
- सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय राष्ट्रिय संघर्ष समिति गठन गरि पाँच बुँदे आन्दोलन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
- राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले घोषणापत्र र आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।
- साँत बुँदे घोषणा पत्रमा टीकापुर घटना छानबिनका लागि पूर्वन्ययाधिश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्नुपर्ने, थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, थरुहट आन्दोलनका पीडित परिवारलाई आवश्यक क्षतिपूर्ती तथा थरुहट आन्दोलनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका मुद्दा अविलम्ब संबोधन गर्नुपर्ने माँग सरकारसँग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया