उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 

राजविराज राजविराज
|
आइतबार, मंसिर ५, २०७८
|
|
७६ पटक हेरिएको
Shares
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 

सारांश

  •     शनिबार सम्पन्न निर्वाचनको आइतबार आएको मतपरिणाम अनुसार अध्यक्ष पदमा अग्रवालले ७ सय ४६ मत प्राप्त गरि बिजयी भए ।
  • उनले निकटत्तम प्रतिद्वन्दी  शंकर दासलाई ४ सय १९ मतअन्तरले पराजित गरे ।
  • दासले ३ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    उद्योग बाणिज्य संघ सप्तरीमा उद्योगि लालुप्रसाद अग्रवालको समूहले वर्चश्व जमाएको छ । सो समूहको १४ मध्ये १२ पदाधिकारीहरु निर्वाचित भएका छन् । 
    शनिबार सम्पन्न निर्वाचनको आइतबार आएको मतपरिणाम अनुसार अध्यक्ष पदमा अग्रवालले ७ सय ४६ मत प्राप्त गरि बिजयी भए । उनले निकटत्तम प्रतिद्वन्दी  शंकर दासलाई ४ सय १९ मतअन्तरले पराजित गरे । दासले ३ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 
    यस्तै उद्योग उपाध्यक्षमा दुर्गानन्द प्रसाद साहले ५ सय ७२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिद्वन्दी रामअशिष प्रसाद साहले ४ सय ७० मत प्राप्त गरे । बाणिज्य उपाध्यक्षमा रमेश कुमार साह बिजयी भएका छन् । उनले ८ सय १८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी गौरी शंकर प्रसाद साहले ३ सय २८ मत पाए ।
    यस्तै महासचिवमा अमृतकुमार संचेतीले ६ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी सुरज कुमार सिंहले ३ सय ८५ मत प्राप्त गरे । सचिवमा सुरेन्द्र बिमलले ५ सय ९३ मत तथा उनका प्रतिष्पर्धी गुलाब बदी उज्जमा खाँले ४ सय २४ मत प्राप्त गरे । 
    यस्तै कोषाध्यक्षमा प्रमोद कुमार काबराले ६ सय ८४ तथा उनका निकटतम प्रतिद्वन्दी दिनेश प्रसाद साहले ३ सय ८९ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा भने दास प्यानलका निर्मल कुमार मुन्धडा ५ सय ४४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनिलकुमार सिंहले भने ४ सय ७६ मत मात्र प्राप्त गरे । 
    यस्तै सदस्य पदमा अग्रवाल प्यानलका सन्तोष कुमार सिन्हा, सचिन्द्र दास, सुरेन्द्र प्रसाद साह, कमल प्रसाद साह, दिलिप प्रसाद गुप्ता र अम्बिका दाहाल निर्वाचित भएका छन् । दास प्यानलबाट सदस्य पदमा संजय पुर्वे निर्वाचित भएका छन् । 
    अध्यक्षसहित १४ पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार समेत गरि ३१ जनाको उम्मेदवारी परेको थियो । सप्तरीको १८ वटै स्थानिय तहका गरि संघमा १ हजार ३ सय २२ मतदाता रहेकोमा निर्वाचनमा १ हजार १ सय ६१ मत खसेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
खुश्वुको हत्या आरोपमा एक पक्राउ
खुश्वुको हत्या आरोपमा एक पक्राउ
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति