दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
सुनसरी जिल्लाका दुई जनालाई धाकधम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले राजविराजका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. १ का अजय कुमार दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा डाका मुद्दामा मुद्दामा चलाएको प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार गत साउन २९ गते आफ्नो व्यवसायीक कामको सिलसिलामा राजविराज आएका धरान निवासी एक महिला र पुरुष म्याजिक चढेर घर जाने क्रममा रुपनीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल चढेर आएका दाससहितका केही व्यक्तिहरुले युनिक अस्पताल नजिकबाट अपहरण गरेका थिए । सो क्रममा दुबै जनालाई म्याजिकबाट ओरालेर धाकधम्कि दिई उनीहरुको साथमा रहेको ९७ हजार नगद र महिलाका श्रीमानलाई सोही समयामा फोन गरी मोवाइल वैंकिङ मार्फत थप १ लाख फिरौति मागे गरेको प्रहरीले जनाएको छ ।
फिरौति रकम प्राप्त भएपछी उनीहरु घटनास्थलबाट फरार भएपछि प्रहरीले उक्त घटनामा संलग्न मध्ये दासलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अपहरण, शरीर बन्धक तथा डाका मुद्दाका आरोपी दास पक्राउ
सारांश
- पक्राउ पर्नेमा राजविराज वडा नं.
- १ का अजय कुमार दास रहेको प्रहरीले जनाएको छ ।
- पक्राउ परेका दासलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा डाका मुद्दामा मुद्दामा चलाएको प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया