रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन

राजविराज राजविराज
|
आइतबार, जेठ २९, २०७९
|
|
५४ पटक हेरिएको
Shares
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन

सारांश

  •     दुर्घटनास्थल भारतको नयाँ दिल्लीबाट बाकसमा राखी उनको शव आईतवार विहान घर ल्याईपु¥याए पछि आवश्यक विधी सकाएर अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ ।
  •       सप्तरीको छिन्नमस्ता गाउँपलिका ६ खुदीबखारी निवासी ५० वर्षिय साह ५ दिन अघि तीर्थ यात्राका लागी पत्नीसहित भारततर्फ प्रस्थान गरेका थिए ।
  •       शुक्रवार विहान उनी चढेको रेल दिल्ली पुग्नै लाग्दा क्रसिंगका कारण एक छिन रोकिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
    नेपाली काँग्रेसका स्थानीय पुराना नेता रामस्वरुप साहको तीर्थ यात्राका क्रममा रेल दुर्घटनामा परी निधन भएको छ । 
    दुर्घटनास्थल भारतको नयाँ दिल्लीबाट बाकसमा राखी उनको शव आईतवार विहान घर ल्याईपु¥याए पछि आवश्यक विधी सकाएर अन्त्येष्टी गरिएको परिवारजनले जनाएको छ । 
    सप्तरीको छिन्नमस्ता गाउँपलिका ६ खुदीबखारी निवासी ५० वर्षिय साह ५ दिन अघि तीर्थ यात्राका लागी पत्नीसहित भारततर्फ प्रस्थान गरेका थिए । 
    शुक्रवार विहान उनी चढेको रेल दिल्ली पुग्नै लाग्दा क्रसिंगका कारण एक छिन रोकिएको थियो । सोही क्रममा पानी लिन उत्रेका साह रेल खुले पछि दौडेर चढ्ने क्रममा चिप्लिएर रेलको चक्का मुनी पुगेका थिए । 
    घटनास्थलमै मृत्यु भएको उनको मृत शरिर आवश्यक प्रक्रिया पु¥याई भारतीय प्रहरीले आफन्तलाई बुझाए पछि घर ल्याइ अन्त्येष्टी गरिएको छोरा शंकरले बताए । 
    तत्कालिन वडा नम्बर ९ खुदीबखारीको नेपाली काँग्रेसको तर्फबाट २ पल्ट वडाअध्यक्ष समेत रहिसकेका साहको निधनले पार्टीलाई अपुर्णिय क्षति भएको केन्द्रीय सदस्य दिनेश यादवले बताए । 
    काँग्रेसका स्थानीय नेता कुलानन्द यादव सहितका नेताले चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति