अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ

राजविराज राजविराज
|
आइतबार, बैशाख १०, २०८०
|
|
८१ पटक हेरिएको
Shares
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ लग्मा बस्ने २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी छन् ।
  •     प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ करिब ५ बजे ४ जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका ३ महुवाटोलबाट र दुईजनालाई जनकपुरधाम १२ बाट पक्राउ गरिएको हो ।
  •       जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पक्राउ परेका साथबाट ६ थान एन्ड्रोइड मोबाइल र एकथान फिचर फोन गरी जम्मा ७ थान मोबाइल र नगद २९ हजार ५ सय ७६ रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरुले टलविन लाइफ नामक एक अमेरीकी संस्थामार्फत ठगी गरेको खुलेको जानकारी दिए ।

दैनिक समाचारदाता
धनुषा, १० बैशाख । 

    अनलाइन ठगी गरेको आरोपमा धनुषा प्रहरीले ६ जनालाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलमार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
    पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ लग्मा बस्ने २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी छन् ।
    प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ करिब ५ बजे ४ जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका ३ महुवाटोलबाट र दुईजनालाई जनकपुरधाम १२ बाट पक्राउ गरिएको हो । 
    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पक्राउ परेका साथबाट ६ थान एन्ड्रोइड मोबाइल र एकथान फिचर फोन गरी जम्मा ७ थान मोबाइल र नगद २९ हजार ५ सय ७६ रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरुले टलविन लाइफ नामक एक अमेरीकी संस्थामार्फत ठगी गरेको खुलेको जानकारी दिए । उनीहरुले १ हजार ९१ जना पीडितहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ रुपैयाँ ठगी गरेको उनको भनाई छ । 
    एसपी खड्काले भने, ‘उनीहरुले टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउण्ट खोल्न सकिने र सो एकाउण्ट खोल्न कम्तिमा ३० अमेरीकी डलर आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन दिएका थिए । टलविनको एकाउण्टमा पैसा लोड गर्न बाइनान्स एप्लिकेशनको मद्दतबाट नेपाली पैसालाई अमेरीकी डलरमा रुपान्तर गरी टलविन लाइफको एकाउण्टमा पैसा लोड गर्न सकिने र टलविन लाइफको एकाउण्टबाट डबल पैसा बाइनेन एप्लिकेशनको एकाउण्टमा लोड गरेर नेपाली पैसामा रुपान्तरण गरी बैंक एकाउण्ट तथा विभिन्न अनलाइन वालेटमा हाल्न सकिन्छ भन्दै उनीहरुले ठगी गरेको देखिन्छ ।’
    उनीहरुले ४ हजार ५ सय अमेरीकी संस्था टलविन लाइफमा लगानी गर्दा ३ बर्षमा २ लाख १४ हजार रुपैयाँ पाउन सकिने र त्यसका अलवा टलविन लाइफ नामक संस्थाम आफूमार्फत प्रत्यक्ष सदस्य बनाएमा लगानीको ५० प्रतिशत कमिशन पाउने भनी ठगी गरेको र आफूले बनाएको सदस्यले थप सदस्य बनाउँदै जाँदा एक डलर आफ्नो खातामा आउने भनी ठगी गरेको एसपी खड्काले जानकारी दिए ।
    पक्राउ परेका उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 
“महम्मद डे” मा सद्भाव ¥याली
“महम्मद डे” मा सद्भाव ¥याली
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन  (निर्णयसहित)
दुई सातापछि भारतबाट बालक रामको उद्धार
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु