दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
हाल निकै सुस्त गतिमा चलिरहेको सप्तरीको विभिन्न भेगका सडकको स्तरोन्तरी कार्यलाई गति प्रदान गर्ने निर्णय भएको छ ।
चाड पर्व नजिकिदै गर्दा पनि निर्माण कार्यले गति लिन नसक्दा जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या भोग्नु परिरहेको साथै दैनिक जसो सवारी दुर्घटना हुन थालेपछि आइतबार सरोकारवालाहरुको बसेको बैठकले सडक निर्माण कार्यलाई गति प्रदान गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको अध्यक्षतमा आयोजित बैठकले जिल्लामा संचालित सडक निर्माण आयोजनाहरुमा सहज सवारी आवागमन व्यबस्था र समयमै आयोजना सम्पन्न गर्ने गरि दुई बुँदे निर्णय गरेको छ ।
बैठकले जिल्लामा निर्माणधीन रुपनी–राजविराज, राजविराज–छिन्नमस्ता, राजविराज–हनुमाननगर–भारदह सडक योजनाको कार्यलाई एक हप्ताभित्र गति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले उक्त योजनाहरुलाई समयमै सम्पन्न गर्न सम्बन्धीत कार्यालय र सुरक्षा निकायले आवश्यकता अनुसार सहजिकरण र समन्वय गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा प्रहरी उपरिक्षक गजुसिद्दि बज्राचार्य, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौडेल, सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्ण, इन्जिनियर जिवछ यादव, पंकज कुमार कर्ण लगायत सहभागि थिए ।
सप्तरीमा संचालित सडक निर्माण योजनालाई गति प्रदान गर्ने निर्णय
सारांश
- चाड पर्व नजिकिदै गर्दा पनि निर्माण कार्यले गति लिन नसक्दा जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या भोग्नु परिरहेको साथै दैनिक जसो सवारी दुर्घटना हुन थालेपछि आइतबार सरोकारवालाहरुको बसेको बैठकले सडक निर्माण कार्यलाई गति प्रदान गर्ने निर्णय गरेको हो ।
- प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको अध्यक्षतमा आयोजित बैठकले जिल्लामा संचालित सडक निर्माण आयोजनाहरुमा सहज सवारी आवागमन व्यबस्था र समयमै आयोजना सम्पन्न गर्ने गरि दुई बुँदे निर्णय गरेको छ ।
- बैठकले जिल्लामा निर्माणधीन रुपनी–राजविराज, राजविराज–छिन्नमस्ता, राजविराज–हनुमाननगर–भारदह सडक योजनाको कार्यलाई एक हप्ताभित्र गति प्रदान गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया