लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी

राजविराज राजविराज
|
शनिबार, कार्तिक ६, २०७८
|
|
१७ पटक हेरिएको
Shares
लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी

सारांश

  •     उनले तत्कालिन सरकारमा मन्त्री भएका उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमै मधेशको केही अधिकार दिलाउन सफल भएको जिकिर गरे ।
  •       सो कार्यक्रममा लोसपाका नेता दिनेश यादबले आउने निर्वाचनमा ठुलो पार्टी वनाउन गाउँ गाउमा लोसपा पार्टीको संगठन बिस्तार गर्नका लागि टोल टोलमा सदस्यता बाड्नु पर्नेमा जोड दिदै सदस्यता बितरण कार्यलाई व्यापक बनाउनु पर्ने बताए ।
  •     लोसपा केन्द्रीय नेता गजेन्द्र मण्डलले विभेदको लडाई लड्ने लोेसपा पार्टी लोसपा रहेकोले सम्पुर्ण नेता कार्यकर्ता संगठित भएर एकमत भई जिल्लामा बलियो पार्टी बनाउने संकल्प गरेर अगाडि बढनुपर्नेमा जोड दिए ।

    राजबिराज/प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आगामी निर्वाचनमा मधेशको सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । 
    लोकतान्त्रिक समाजवादी पार्टी क्षेत्र नं. २ सप्तरीद्वारा दिपावली, छठ एवं समाचकेवा पर्वको अवसरमा शनिबार राजविराजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद चौधरीले सो दाबी गरेका हुन् । 
    लोसपाका केन्द्रीय कार्यकारणी समिति सदस्य समेत रहेका सांसद चौधरीले लोसपा पार्टीले मात्र मधेशको अधिकार दिलाउने भएकोले आउने दिनमा मधेशको सबै भन्दा ठुलो पार्टी बन्ने दाबी गरे । 
    उनले तत्कालिन सरकारमा मन्त्री भएका उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमै मधेशको केही अधिकार दिलाउन सफल भएको जिकिर गरे । 
    सो कार्यक्रममा लोसपाका नेता दिनेश यादबले आउने निर्वाचनमा ठुलो पार्टी वनाउन गाउँ गाउमा लोसपा पार्टीको संगठन बिस्तार गर्नका लागि टोल टोलमा सदस्यता बाड्नु पर्नेमा जोड दिदै सदस्यता बितरण कार्यलाई व्यापक बनाउनु पर्ने बताए ।
    लोसपा केन्द्रीय नेता गजेन्द्र मण्डलले विभेदको लडाई लड्ने लोेसपा पार्टी लोसपा रहेकोले सम्पुर्ण नेता कार्यकर्ता संगठित भएर एकमत भई जिल्लामा बलियो पार्टी बनाउने संकल्प गरेर अगाडि बढनुपर्नेमा जोड दिए ।
    अर्का केन्द्रीय नेता बिनोद सिहले लोेसपा पार्टीलाई ठुलो पार्टी बनाउनका सप्तरीमा १ लाख सदस्यता बितरण गर्ने अभियान अगाडी बनाउनका लागि सम्पुर्ण नेताहरूलाई अभियानमा लाग्नुपर्नेमा बताए ।
    सो अवसरमा राजबिराज नगरपालिकाका उपप्रमुख साधना झाले लोसपा पार्टीलाई मजबुत बनाई आउने दिनमा पार्टीलाई देशकै ठूलो बनाउने संकल्पको साथ एकजुट भएर अगाडि बढनुपर्ने धारणा राखिन् । 
    लोसपा नेता बिरेन्द्र साहले लोसपा पार्टीको कुनै बिकल्प नभएको बताउदै भने मधेशको उत्पीडन, दलित, मुस्लिमसहित अन्य वर्गको विभेदको अन्त्य गर्नका लागि लोकतान्त्रिक पार्टीको निर्माण भएको उल्लेख गरे ।
    पुर्व क्याम्पस प्रमुख अमरकान्त झाले संविधान संशोधनका लागि सबै दललाई गठबन्धन गरे मात्र मधेशीले उठाएको माँगको सम्बोधन हुने बताउदै यसका लागि लोसपा संघर्षरत रहेको बताए । 
    लोसपा नेता जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा, यूवा नेता दिपेन्द्र चौधरी, जिसस प्रमुख प्रभाकर यादब, लोसपा नेता बिनोद सिँह, मबिव क्याम्पस पुर्व क्याम्पस प्रमुख अमरकान्त झा, लोसपा नेता अमरनाथ मण्डल, रामप्रित यादब, राजबिराज १६ का वडा अध्यक्ष बुचाई दास, रूपनी गाउपालिका १ का वडा अध्यक्ष पिताम्वर यादब, ओबसी महासंघका अगुवा उपेन्द्र साह, लोसपा नेता मोहम्मद कमालउद्विन, महेन्द्र खंग, मबिव क्याम्पस उपप्राध्यापक ललन गुप्ता लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
धुमधामका साथ मनाईदै चैती छठ 
धुमधामका साथ मनाईदै चैती छठ 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा