नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद

राजविराज राजविराज
|
बुधबार, मंसिर १७, २०७७
|
|
७८ पटक हेरिएको
Shares
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद

सारांश

  •     राजविराजस्थित ती पसलहरुमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिदै कम ढक तराजु भएका व्यवसायीको ढक तराजुमा गडबढी पाइएकोले सोलाई नियन्त्रणमा लिई एक पटकका लागि सचेत समेत गराइएको छ ।
  •       यस्तै माछा हटिया तथा हटिया बजारका अन्य पसलहरुबाट ४० भनद बढी ढक तराजु जफत गर्नुका साथै एक पल्टका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए ।
  •       सोही टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर 
    गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरले बुधबार राजविराजस्थित नुनदेखी सुन पसलसम्म १ सय ४० पसलको अनुगमन गरेको छ । 
    राजविराजस्थित ती पसलहरुमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिदै कम ढक तराजु भएका व्यवसायीको ढक तराजुमा गडबढी पाइएकोले सोलाई नियन्त्रणमा लिई एक पटकका लागि सचेत समेत गराइएको छ । 
    यस्तै माछा हटिया तथा हटिया बजारका अन्य पसलहरुबाट ४० भनद बढी ढक तराजु जफत गर्नुका साथै एक पल्टका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए । 
    सोही टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले बताए ।
    टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य बस्तु जफत गरि नष्ट गरेको र पसलमा मुल्यसूची अनिवार्य टाँस गर्न तथा दर्ता नभएकालाई दर्ताका लागि १५ दिनको म्याद दिएको जनाएको छ । 
    नापतौल कार्यलयका प्रमुख शम्भु कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, राजविराज नगरपालिका कार्यालय, उपभोक्ता मञ्च नेपाल, पत्रकार महासंघ लगायतका प्रतिनिधि सम्मिलित टोलीले सो अनुगमन गरेको हो । यता अनुगमन कार्य केही दिन अझै जारि रहने टोलीका प्रमुख झाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल
सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
३५ प्रतिशत उद्योगि ब्यवसायीका  सटरहरु बन्द ः केन्द्रिय सदस्य प्रधान
३५ प्रतिशत उद्योगि ब्यवसायीका  सटरहरु बन्द ः केन्द्रिय सदस्य प्रधान
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ