नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद

राजविराज राजविराज
|
बुधबार, मंसिर १७, २०७७
|
|
५० पटक हेरिएको
Shares
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद

सारांश

  •     राजविराजस्थित ती पसलहरुमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिदै कम ढक तराजु भएका व्यवसायीको ढक तराजुमा गडबढी पाइएकोले सोलाई नियन्त्रणमा लिई एक पटकका लागि सचेत समेत गराइएको छ ।
  •       यस्तै माछा हटिया तथा हटिया बजारका अन्य पसलहरुबाट ४० भनद बढी ढक तराजु जफत गर्नुका साथै एक पल्टका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए ।
  •       सोही टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर 
    गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरले बुधबार राजविराजस्थित नुनदेखी सुन पसलसम्म १ सय ४० पसलको अनुगमन गरेको छ । 
    राजविराजस्थित ती पसलहरुमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिदै कम ढक तराजु भएका व्यवसायीको ढक तराजुमा गडबढी पाइएकोले सोलाई नियन्त्रणमा लिई एक पटकका लागि सचेत समेत गराइएको छ । 
    यस्तै माछा हटिया तथा हटिया बजारका अन्य पसलहरुबाट ४० भनद बढी ढक तराजु जफत गर्नुका साथै एक पल्टका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए । 
    सोही टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले बताए ।
    टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य बस्तु जफत गरि नष्ट गरेको र पसलमा मुल्यसूची अनिवार्य टाँस गर्न तथा दर्ता नभएकालाई दर्ताका लागि १५ दिनको म्याद दिएको जनाएको छ । 
    नापतौल कार्यलयका प्रमुख शम्भु कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, राजविराज नगरपालिका कार्यालय, उपभोक्ता मञ्च नेपाल, पत्रकार महासंघ लगायतका प्रतिनिधि सम्मिलित टोलीले सो अनुगमन गरेको हो । यता अनुगमन कार्य केही दिन अझै जारि रहने टोलीका प्रमुख झाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
हात्तिको आक्रमणबाट एकको मृत्यु
हात्तिको आक्रमणबाट एकको मृत्यु
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
राजविराज नगरपालिका बिरुद्ध परेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता
राजविराज नगरपालिका बिरुद्ध परेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता