दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा रहेको २ सय ९८ मतदानस्थल मध्ये २ सय ९ वटालाई अति सम्वेदनशीलको सुचीमा राखिएको छ ।
सुरक्षा विश्लेषणको आधारमा अस्थायी २ गरि २ सय ९८ तथा मध्ये २ सय ९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सुचीमा राखिएको छ भने सामान्यमा ४ स्थल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनले अति सम्वेदनशील र सम्वेदनशील मतदानस्थलमा मतदाताहरुले सहज, भयरहित र निष्पक्ष मदान सम्पन्न गराउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको बताए ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा ८० मतदान स्थल र १ सय ५२ मतदान केन्द्र कायम गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नं. २ मा ६८ मतदान स्थल र १ सय ३० मतदान केन्द्र, निर्वाचन क्षेत्र नं. ३ मा ७४ मतदान स्थल र १ सय ४४ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. ४ मा पनि ७४ मतदान स्थल र १ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
उनले राजविराजस्थित कारागारमा र जिल्ला समन्वय समिति सप्तरीमा गरी २ वटा अस्थायी मतदान स्थल रहने बताए ।
जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता रहेकोमा पुरुष २ लाख ३३ हजार ९६, महिला मतदाता, २ लाख १३ हजार २ सय ८३ पुरुष तथा अन्य २३ जना रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
सारांश
- सुरक्षा विश्लेषणको आधारमा अस्थायी २ गरि २ सय ९८ तथा मध्ये २ सय ९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सुचीमा राखिएको छ भने सामान्यमा ४ स्थल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
- उनले अति सम्वेदनशील र सम्वेदनशील मतदानस्थलमा मतदाताहरुले सहज, भयरहित र निष्पक्ष मदान सम्पन्न गराउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको बताए ।
- जिल्लाको निर्वाचन क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया