दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा आइतबार र सोमबार भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बोदेबर्साईन नगरपालिका ५ बरसाईन टोल नजिक हुलाकी सडक खण्डमा सोमबार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार अर्का व्यक्ति घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्ही निवासी ५५ वर्षिय विशो मण्डलको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको भारतीय प्लेट नम्बरको बिआर३२वाई६०५७ नम्बरको मोटरसाइकल आफै आनियन्त्रित भई सडक छेउमा गाडिएको सांकेतिक पोलमा ठोक्किएको जिल्ला पहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका मण्डललाई उपचारका लागि जिवन ज्योति अस्पताल बोदेबर्साईनमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषित गरेको थियो ।
यस्तै सोही दुर्घटनामा मोटरसाइकल पछाडी सवार स्थानिय १८ वर्षिय कमलेश कुमार शर्मा पनि घाइते भएका छन् । उनलाई कमरमा चोट लागेको तथा सोही अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
यस्तै आइतबार बोदेबरसाईन ७ बगबिरा भित्रि सडक खण्डमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जादै गरेको आनटेष्ट मोटरसाइकलले विपरित दिशाबाट आउदै गरेको साईकल यात्रि स्थानिय ३२ वर्षिय छोटे कुमार रामलाई ठक्कर दिएको हो ।
ठक्करबाट रामको निधार फुटेको र दुबै खुट्टामा चोट लागेको तथा मोटरसाइकल चालक खडकपुर १० निवासी २५ वर्षिय राजेश दासको दायाँ निधारमा काटिएको र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ ।
दुबै जनाको उपचार जिवन ज्योति अस्पताल बोदेबर्साईन भईरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सारांश
- बोदेबर्साईन नगरपालिका ५ बरसाईन टोल नजिक हुलाकी सडक खण्डमा सोमबार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार अर्का व्यक्ति घाइते भएका छन् ।
- दुर्घटनामा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्ही निवासी ५५ वर्षिय विशो मण्डलको मृत्यु भएको हो ।
- पश्चिमबाट पुर्वतर्फ आउदै गरेको भारतीय प्लेट नम्बरको बिआर३२वाई६०५७ नम्बरको मोटरसाइकल आफै आनियन्त्रित भई सडक छेउमा गाडिएको सांकेतिक पोलमा ठोक्किएको जिल्ला पहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया