लागुऔषधसहित पक्राउ परेकालाई अवरोधका बीच ल्याइयो

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १, २०७८
|
|
८१ पटक हेरिएको
Shares
लागुऔषधसहित पक्राउ परेकालाई अवरोधका बीच ल्याइयो

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका १ झुटकीका २४ वर्षिय शिवशंकर यादवलाई प्रहरीले पक्राउ गर्न खोज्दा शनिबार राती स्थानियहरुले अवरोध गरेका थिए ।
  •       प्रहरीलाई अवरोध गरेको खबर आएपछि राती नै थप प्रहरी पठाई यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  • उनले अपराधीलाई कसैले पनि संरक्षण र प्रोत्साहन नगर्न आग्रह समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन । 
    केही स्थानियको अवरोधका बीच लागुऔषधसहित फेला परेका एक युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । 
    सप्तरीको राजगढ गाउँपालिका १ झुटकीका २४ वर्षिय शिवशंकर यादवलाई प्रहरीले पक्राउ गर्न खोज्दा शनिबार राती स्थानियहरुले अवरोध गरेका थिए । 
    प्रहरीलाई अवरोध गरेको खबर आएपछि राती नै थप प्रहरी पठाई यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनले अपराधीलाई कसैले पनि संरक्षण र प्रोत्साहन नगर्न आग्रह समेत गरेका छन् । 
    विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाइ राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो । 
     पक्राउ परेका यादवलाई आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिए पनि मधेश प्रदेशमा बिदा परेका कारण सोमबार मात्र उपस्थित गराउने डिएसपी काफ्लेले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?