सम्मानजनक जिम्मेवारीका लागि जोड

राजविराज राजविराज
|
सोमबार, श्रावण २५, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सम्मानजनक जिम्मेवारीका लागि जोड

सारांश

  •     पार्टीको जिल्ला कार्य समितिको शनिबार सम्पन्न बिस्तारिक बैठकपछि आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिएको हो ।
  •       प्रेस चौतारी नेपालको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले पार्टी भित्र देखिएका समस्या समाधानका लागि कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै सबैको सम्मानजनक सहभागिता पार्टीको हितमा रहेको बताएका छन् ।
  •       उनले वर्तमान अवस्थामा पार्टी भित्र देखिएको आन्तरिक द्वन्दले कसैको भलो नहुने बताउँदै सबैलाई एकताबद्ध रुपमा सम्मानजनक सहभागिता गराए मात्र पार्टीको हित हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
    नेकपा (एमाले) सप्तरी माधव नेपाल पक्षले पार्टी आवद्ध सबैको सम्मानजनक जिम्मेवारीका लागि जोड दिएको छ । 
    पार्टीको जिल्ला कार्य समितिको शनिबार सम्पन्न बिस्तारिक बैठकपछि आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिएको हो । 
    प्रेस चौतारी नेपालको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले पार्टी भित्र देखिएका समस्या समाधानका लागि कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै सबैको सम्मानजनक सहभागिता पार्टीको हितमा रहेको बताएका छन् । 
    उनले वर्तमान अवस्थामा पार्टी भित्र देखिएको आन्तरिक द्वन्दले कसैको भलो नहुने बताउँदै सबैलाई एकताबद्ध रुपमा सम्मानजनक सहभागिता गराए मात्र पार्टीको हित हुने बताए । 
    सोही पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटिका अध्यक्ष गोबिन्द न्यौपानेले एक प्रेस विज्ञप्ति जारि गर्दै आफूहरु विधिवत रुपमा पार्टीको जिम्मेवारीमा निर्वाचित भएपनि अर्को पक्षले अध्यक्षको नाममा गतिविधी गर्दै आएको प्रति आपत्ति प्रकट गरे । 
    सोही कार्यक्रममा प्रकाश खतिवडा, अम्बिका दहाल लगायतले पनि वर्तमान परिस्थितमा पार्टीले खेल्नु पर्ने भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए । 
    आयोजित कार्यक्रममा एमाले जिल्ला समिति सप्तरी बैठकद्वारा शनिबार गरिएको निर्णय सार्वजनिक गरिएको छ । अध्यक्ष न्यौपानेले जिल्ला समितिलाई बिस्तार गरि १ सय ५१ सदस्य जिल्ला समिति तथा पार्टीमा जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए । 
    बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का ईन्चर्जमा नारायण आचार्य, २ मा निरन्जन झा, ३ मा अनिल गुप्तालाई क्षेत्रीय ईन्चार्ज तथा ४ नम्बर क्षेत्रका ईन्चार्जमा राजेन्द्र प्रसाद साहलाई कायमै राखिएको छ । 
    सम्पन्न बैठकले किसानहरुका लागि सहजरुपमा मलखादको व्यवस्था मिलाउन तथा बाढी, पहिरो पीडित जनतालाई राहत क्षतिपूर्ती र पुर्नवासका लागि व्यवस्था गर्न बैठकले माग गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए