विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला

राजविराज राजविराज
|
बिहिबार, माघ २५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला

सारांश

  •         बिहीबार बिहान जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षिय बैठकले तालाबन्दी खोलाउने निर्णय गरेपछि जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले विश्वविद्यालयको मुल गेटमा लगाइएको ताला खोलेका थिए ।
  •       जनमत पार्टीका जिल्ला इन्चार्ज साहले कृषि विश्वविद्यालयको कमिकमजोरीका कारण भएको तालाबन्दी र माघ ८ गते भएको घटनाप्रति भूल स्वकीकार गर्दै यस्तो घटना आगामी दिनमा नहुने भनेपछि तालाबन्दी खोलिएको बताए ।
  •       यस्तै नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीले ७ बुँदे माग राखी गरेको तालाबन्दी विषयमा एक महिनाभित्र ती मागहरु सर्वपक्षिय रुपमा अध्ययन गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाइएपछि तालाबन्दी खोलिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा लगाइएको ताला बिहीबार १८ दिनपछि खोलिएको छ । 
        बिहीबार बिहान जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षिय बैठकले तालाबन्दी खोलाउने निर्णय गरेपछि जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले विश्वविद्यालयको मुल गेटमा लगाइएको ताला खोलेका थिए । 
    जनमत पार्टीका जिल्ला इन्चार्ज साहले कृषि विश्वविद्यालयको कमिकमजोरीका कारण भएको तालाबन्दी र माघ ८ गते भएको घटनाप्रति भूल स्वकीकार गर्दै यस्तो घटना आगामी दिनमा नहुने भनेपछि तालाबन्दी खोलिएको बताए । 
    यस्तै नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीले ७ बुँदे माग राखी गरेको तालाबन्दी विषयमा एक महिनाभित्र ती मागहरु सर्वपक्षिय रुपमा अध्ययन गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाइएपछि तालाबन्दी खोलिएको जानकारी दिए । उनले विश्वविद्यालय भवनको शिलान्यासका क्रमम भएको दुखद घटना आगामी दिनमा नदोहरिने प्रतिबद्धता समेत जनाइएको बताए । 
   सम्पन्न सर्वपक्षिय बैठकमा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाली काँग्रेसका सभापति रामदेव साह, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, नेकपा एमालेका सचिव देवनाथ यादव, नेकपा एकीकृतका अध्यक्ष प्रताप नारायण चौधरी, जसपा अध्यक्ष केदार यादव, लोसपाका अध्यक्ष सुनिल कुमार झा, जनमतका जिल्ला इन्चार्ज रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अरुण कुमार देव, राप्रपाका सहसचिव सुरेश कुमार साह, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको सहभागिता थियो ।  
    यसअघि मंगलबार विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरले एक अनुरोध पत्र जारि गर्दै सौहाद्रपुर्ण वातावरण सृजना तथा वार्ता र सम्वाद मार्फत समस्याको समाधानका लागी तालाबन्दी खुलाउन वार्ता र छलफलका लागि सम्बन्धीत सरोकारवालासँग आग्रह गरेका थिए ।
    तालाबन्दीका कारण पठन–पाठन प्रभावित बन्न पुगेको, फर्म रजिष्टे«शन, नयाँ भर्ना लगायतका कामका साथै विश्वविद्यालयको दैनिक कामकाज सबै ठप्प भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ