महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
७३ पटक हेरिएको
Shares
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.
  • सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    सप्तरीको दुई स्थानमा ग्रामिण क्षेत्रका महिलाई रोजगार उपलब्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ग्राम उधेग बनने भएको छ । 
    सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् । 
    ग्राम उद्योग भवनको राजविराज नगरपालिका १५ स्थित मुसहरनिया र महदेवा गाउँपालिका १ पकरीमा आयोजित समारोहका बीच उनले भुमीपुजन गरि शिलान्यास गरेका हुन् । ५०–५० लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।  
    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा राउतले आफ्नो श्रोत, साधन र प्रयासले भ्याएसम्म शिक्षा, स्वास्थ्य, कृषि र रोजगार क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो क्रम चलिरहने बताए ।
    उक्त ग्राम उद्योगमा विभिन्न स–साना उद्योग स्थापना गरिने तथा महिलालाई सीप सिकाएर रोजगारीको व्यवस्था मिलाउने योजना रहेको जनमत पार्टी मधशे प्रदेश संसदीय दलका नेता एवं पूर्व मन्त्री महेश प्रसाद यादवले बताए । 
    डा राउत र संसदीय दलका नेता यादवकै पहलमा मधेश प्रदेश सरकारबाट उक्त बजेट बिनियोजन भएको बताइएको छ । 
    सो अवसरमा जनमत पार्टीका महासचिव चन्दन सिंह, संगठन विभाग प्रमुख जयकान्त राउत लगायतले पनि बोल्दै ग्राम उद्योग स्थापनाले यस भेगका महिलालाई रोजगारको माध्यमले आत्मनिर्भर बनाउन मद्दत पु¥याउने विश्वास गरे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी