दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको दुई स्थानमा ग्रामिण क्षेत्रका महिलाई रोजगार उपलब्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ग्राम उधेग बनने भएको छ ।
सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् ।
ग्राम उद्योग भवनको राजविराज नगरपालिका १५ स्थित मुसहरनिया र महदेवा गाउँपालिका १ पकरीमा आयोजित समारोहका बीच उनले भुमीपुजन गरि शिलान्यास गरेका हुन् । ५०–५० लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा राउतले आफ्नो श्रोत, साधन र प्रयासले भ्याएसम्म शिक्षा, स्वास्थ्य, कृषि र रोजगार क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो क्रम चलिरहने बताए ।
उक्त ग्राम उद्योगमा विभिन्न स–साना उद्योग स्थापना गरिने तथा महिलालाई सीप सिकाएर रोजगारीको व्यवस्था मिलाउने योजना रहेको जनमत पार्टी मधशे प्रदेश संसदीय दलका नेता एवं पूर्व मन्त्री महेश प्रसाद यादवले बताए ।
डा राउत र संसदीय दलका नेता यादवकै पहलमा मधेश प्रदेश सरकारबाट उक्त बजेट बिनियोजन भएको बताइएको छ ।
सो अवसरमा जनमत पार्टीका महासचिव चन्दन सिंह, संगठन विभाग प्रमुख जयकान्त राउत लगायतले पनि बोल्दै ग्राम उद्योग स्थापनाले यस भेगका महिलालाई रोजगारको माध्यमले आत्मनिर्भर बनाउन मद्दत पु¥याउने विश्वास गरे ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दुई स्थानमा ग्राम उद्योग बन्ने
सारांश
- सप्तरी क्षेत्र नं.
- २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.
- सीके राउतले बुधबार आफ्नो निर्वाचन क्षेत्रका दुई वटा योजना शिलान्यास गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया