स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता

सारांश

  •     निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा १० वटा दल तथा समूहहरुले दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिदै त्यसमध्ये नेपाली काँग्रेस निकट दुई विद्यार्थी समूहले दल दर्ता गरेको बताए ।
  • क्याम्पसमा २ हजार भन्दा बढी विद्यार्थीहरु (मतदाता) रहेका छन् ।
  •        दर्ता भएका दल तथा समूहहरुमा समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एमाले निकट), अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एस निकट), लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, मनोज कुमार यादव समूह), आम विद्यार्थी मोर्चा, राष्ट्रिय विद्यार्थी परिषद् (राप्रपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, रंजनकुमार यादव समूह) र विद्यार्थी जनमत संघ (जनमत निकट) छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 

    आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दल दर्ता प्रक्रिया सम्पन्न भएको छ । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । 
    निर्वाचनका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा १० वटा दल तथा समूहहरुले दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिदै त्यसमध्ये नेपाली काँग्रेस निकट दुई विद्यार्थी समूहले दल दर्ता गरेको बताए । क्याम्पसमा २ हजार भन्दा बढी विद्यार्थीहरु (मतदाता) रहेका छन् । 
     दर्ता भएका दल तथा समूहहरुमा समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एमाले निकट), अखिल क्रान्तिकारी (माओवादी केन्द्र निकट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एस निकट), लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, मनोज कुमार यादव समूह), आम विद्यार्थी मोर्चा, राष्ट्रिय विद्यार्थी परिषद् (राप्रपा निकट), नेपाल विद्यार्थी संघ (काँग्रेस निकट, रंजनकुमार यादव समूह) र विद्यार्थी जनमत संघ (जनमत निकट) छन् ।  
    यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । 
    स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पत्रकार सम्मानित
दुई पत्रकार सम्मानित
प्रदेश २ सरकारद्वारा होलीको अवसरमा दुई दिन विदा
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय