दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सप्तरीको पश्चिम भेगमा रहेको खडक नगरपालिकाको बिभिन्न वडाहरुमा अहिले मनोसामाजिक सहयोग कार्यक्रम अन्र्तगत प्रंशिक्षण तथा सिकाई कार्य भइरहेको छ ।
बिषेश गरि सानो सानो बच्चाका अभिभावकहरुको सहभागिता गराएर उक्त तालिम दिइरहेको सबलन नेपालका मनोसामाजिक सहयोग कार्यक्रम परियोजना अधिकृत डिकुरा पोखरेलले जानकारी दिएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालले मंसिर २५ गतेदेखि नै संचालन गरेको मनोसामाजिक सहयोग कार्यक्रम खडक नगरपालिका भित्र रहेको बिभिन्न वडामा करिब ६० स्थानमा कार्यक्रम संचालनमा रहेको छ ।
जिल्लाको खडक नगरपालिका वडा नं. ६ को चकवा र वडा नं. ७ को कल्याणपुरमा हप्ताका सोमबार यो कार्यक्रम आयोजना भइरहेको छ भने अन्य ठाउँमा पनि यो कार्यक्रम हप्ताका प्रत्येक दिन बिभिन्न ठाउँमा क्रमशः मंगलबार, बुधवार, बिहीवार र आइतबार पनि संचालन हुदै आएको जनाइएको छ । हप्ताको शुक्रबार र शनिवार दुई दिन भने यो कार्यक्रम नहुने गरेपनि अरु बाँकी दिन कार्यक्रम संचालनमा रहेको छ ।
सबल नेपालका सहजकर्ता सुमन कुमारी साहका अनुसार चकवामा सोमबार एक दिन मनोसमाजिक सहयोग कार्यक्रम अहिले ७ औ सेसनको कार्यक्रम संचालनमा जानकारी दिए ।
यो सेसन १ देखि १२ सम्म चल्ने सेसनमा परिचाय, भावनाहरु के के छन, पेमा वा कृतज्ञता, बालबिकसमा देखिने तनावको पहिचान गर्ने, मेरो सहयोग संजाल, मेरो समाजिक संगाललाई बलिया बनाउने, शारिक ब्यायाम, ब्यवस्थित स्वास्थ्य राख्ने, बोल्ने ब्यवहारमा परिर्वतन, समाजमा कसरी मेलमिलाप गरि बस्ने, बच्चालाई कसी हेर्चार गर्ने, मिठो मायाले बच्चालाई कसरी स्याहार सुसार गर्ने जस्ता समाजिक कार्यहरु सिकाई रहेको सहजकर्ता साहलले बताए ।
खडक नगरपालिकाको बिभिन्न वडाहरुमा ६० वटा स्थालमा एकै साथ संचालनमा रहेको कार्यक्रममा ६७६ जना महिलाहरु सहभागि रहेको सबल नेपालले जनाएको छ ।
खडक नगरपालिकाको वडा नं. २ मा १० वटा, वडा नं. ४ मा १०, वडा नंं ६ मा १०, वडा नं. ७ मा १०, वडा नं. ८ मा १० स्थान र वडा १० मा समेत १० गरि ६० वटा स्थानमा अहिले मनोसमाजिक सहयोग कार्यक्रम संचालनमा रहेको जनाइएको छ ।
परिचाय गर्ने, बच्चा स्याहार, बच्चालाई नहिरकाउने लगायतका तालिम दिई रहेको जानकारी दिदै १ देखि १२ वटा सेसन मध्य अहिले ७ औ सेसनको कक्षाहरु संचालनमा रहेको अका सहजकर्ता अर्चाना साहले जानकारी दिए । मनोसामाजिक सहयोग कार्यक्रमममा ६ वटा सहजकर्ताहरुले तालिम दिई रहेको बताउदै तालिममा सहभागि बालबालिकाहरुलाई समेत खेल सामग्री प्रदान गरिएको छ ।
उनीहरुलाई खेलन र मनोरंजनका लागि सप्mट बल र हिमहिमबाजा समेत दिएको छ । उक्त मनो समाजिक सहयोग कार्यक्रम सेसन १ देखि १२ सम्मको तालिम सकेपछि मात्र सकिने छ ।
त्यस्तै वडा नं. ७ की सदस्य समेत रहेका जलेश्वरी देवी मंडलले सिकेको कुराहरु ब्यवहारमा उतारेर समाजको अन्य ब्यक्तिहरुलाई मनोसमाजिक सहयोगको बारेमा जानकारी गराउनु नै समाजको परिर्वतन गर्न सकिने बताए ।
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
सारांश
- बिषेश गरि सानो सानो बच्चाका अभिभावकहरुको सहभागिता गराएर उक्त तालिम दिइरहेको सबलन नेपालका मनोसामाजिक सहयोग कार्यक्रम परियोजना अधिकृत डिकुरा पोखरेलले जानकारी दिएका छन् ।
- सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालले मंसिर २५ गतेदेखि नै संचालन गरेको मनोसामाजिक सहयोग कार्यक्रम खडक नगरपालिका भित्र रहेको बिभिन्न वडामा करिब ६० स्थानमा कार्यक्रम संचालनमा रहेको छ ।
- जिल्लाको खडक नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया