दैनिक समाचारदाता
राजविराज, १ साउन ।
दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि हिरासतमा राख्न चौथो पटक म्याद थप गरिएको छ ।
उपप्रमुख यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख यादवलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।
सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्र अझै फरार छन् । उनको खोजी कार्य जारि रहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमारी कार्कीले जानकारी दिए ।
नेपाल र भारतको नागरिकता लिएको आरोपमा उपप्रमुख यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् । उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न चौथो पटक म्याद थपियो
सारांश
- उपप्रमुख यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
- यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख यादवलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।
- सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्र अझै फरार छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया