रगतको चरम अभाव भएपछि रक्तदान

राजविराज राजविराज
|
शनिबार, आश्विन ६, २०८०
|
|
११५ पटक हेरिएको
Shares
रगतको चरम अभाव भएपछि रक्तदान

सारांश

  •     स्थापना दिवस १० असोजमा परे पनि रक्तसंचार केन्द्रमा रगतको अभाव सृजना भएकाले केही दिन अगावै कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरि संकलित रगत केन्द्रलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सुवेदीले जानकारी दिए ।
  •       सो अवसरमा उनले रक्तदान महादान भएको र रक्तसंचार केन्द्रमा भण्डारण क्षमता बढाउन तथा रगतको अभावमा कोही पनि बिरामीको मृत्यु हुन नदिन स्थापना दिवसमा रक्तदान कार्यक्रम रोजेको बताए ।
  • कार्यक्रममा उनीसहित सशस्त्र प्रहरीका ३१ जनाले ३१ युनिट रक्तदान गरेका छन् ।

    राजविराज÷रगतको अभावले उपचारका लागि आउने बिरामीहरुले समस्या भोगिरहेका बेला यहाँ प्रहरी निकायबाट रक्तदान कार्यक्रमको आयोजना गरि समस्या न्युनिकरणको प्रयास गरिएको छ । 
    सशस्त्र प्रहरी बल नेपाल दन्तकालि विशेष कार्य तालिम शिक्षालय बरमझिया सप्तरीले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरि यस्तो प्रयास गरेका हुन् ।
    स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र रेडक्रस सोसायटी शाखा सप्तरीद्वारा संचालित जिल्लाकै एक मात्र रक्तसंचार केन्द्रमा रगतको अभाव भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल दन्तकालि विशेष कार्यतालिम शिक्षालयको २१औं वार्षिक स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग्गबिजय सुवेदीले बताए । 
    स्थापना दिवस १० असोजमा परे पनि रक्तसंचार केन्द्रमा रगतको अभाव सृजना भएकाले केही दिन अगावै कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरि संकलित रगत केन्द्रलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सुवेदीले जानकारी दिए । 
    सो अवसरमा उनले रक्तदान महादान भएको र रक्तसंचार केन्द्रमा भण्डारण क्षमता बढाउन तथा रगतको अभावमा कोही पनि बिरामीको मृत्यु हुन नदिन स्थापना दिवसमा रक्तदान कार्यक्रम रोजेको बताए । कार्यक्रममा उनीसहित सशस्त्र प्रहरीका ३१ जनाले ३१ युनिट रक्तदान गरेका छन् । 
    केन्द्रमा माग अनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजिमा भौतारिनु पर्ने अवस्था रहेका बेला सशस्त्र प्रहरीले सेवाभावले रक्तदान कार्यक्रमको आयोजना गरि ठूलो सहयोग गरेको रक्तसंचार केन्द्र राजविराजका इन्चार्ज नविन झाले बताए । 
    “यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता अस्पताल, अनार भुवनेश्वर अस्पताल, युनिक अस्पतालमा आसपासका पालिका र जिल्ला बाहिरका समेत दैनिक सय भन्दा बढी उपचारका लागि बिरामी आउने गरेका छन् । जसका लागि रगतको पनि उत्तिकै आवश्यकता पर्ने गरेको छ, इन्चार्ज झाले भने–तर रगतको अभाव हुँदा कतिपय अत्यावश्यक शल्यक्रिया समेत समयमा गर्न कठिन हुने गरेको छ ।”  
    उनले जिल्लाका विभिन्न अस्पतालबाट दैनिक शल्यक्रिया तथा अन्य उपचारका लागि रगतको माग हुने गरेको तर, रगतको अभावले गर्दा रगत चाहिने बिरामीका आफन्त स्वयम दिने व्यक्ति सँगै लिएर आउनु पर्ने बाध्यता रहेको सुनाए । 
    रगतको अभाव हुँदा सुनसरी र मोरङ सम्मबाट रगत मगाएर मागको आपूर्ती गराउँदै आएकोमा हाल उताका केन्द्रमा पनि रगतको अभाव भएकाले समस्या भएको उनको भनाई छ । नागरिक तहसम्म रगतको महत्वका बारेमा बुझाएर उत्प्रेरणा नदिएसम्म रगतको अभाव घटाउन कठिन हुने जानकारहरुको भनाई छ ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा