दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने नाममा गौं हत्या भएको भन्दै सप्तरीका हिन्दुवादी संगठन आन्दोलित भएका छन् ।
विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा सोमबार राजविराजमा प्रदर्शन गर्नुका साथै गौं हत्यामा संलग्नमाथी कडा कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।
परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाईमा गरिएको प्रदर्शन पश्चात् सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र पठाइएको हो ।
गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन जति गाईलाई मार्न लगाएर गाडेको ज्ञापन पत्रमा उल्लेख छ । कानुनले गौं हत्यालाई निषेध गर्दा गर्दै स्थानिय सरकारका रुपमा रहेका नगरपालिकाले नै गौं हत्या गर्नु आपत्तिजनक रहेको ज्ञापनपत्र मार्फत घोर निन्दा समेत व्यक्त गरिएको छ ।
गौं हत्यामा संलग्न माथी कारवाही नभए आन्दोलन चर्काउने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।
गौं हत्याको बिरोधमा प्रदर्शनका साथै गृहमन्त्रीलाई ज्ञापन
सारांश
- विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा सोमबार राजविराजमा प्रदर्शन गर्नुका साथै गौं हत्यामा संलग्नमाथी कडा कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।
- परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाईमा गरिएको प्रदर्शन पश्चात् सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र पठाइएको हो ।
- गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन जति गाईलाई मार्न लगाएर गाडेको ज्ञापन पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया