दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका एक यूवकको मृत शरीर आइतबार बिहान खेतमा फेला परेको छ । सो नगरपालिका वडा नं. २ खैरवोनाका २३ वर्षिय मो. तफेजुलको मृत शरीर रुपनी गाउँपालिका १ स्थित खेतमा फेला परेको हो ।
अर्धनग्न अवस्थामा फेला परेको शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको प्रारम्भीक अनुमान गरिएको छ ।
प्रहरीले शवको प्रकृति हेर्दा हत्या नै भएको स्थानीयले पुष्टी हुने बताए पनी हत्या भए नभएको कुरा पोस्टमार्टम रिर्पोट पछी मात्र पुष्टी हुने जानकारी दिएको छ ।
मृतको शव पोस्टमार्टमा लागी आईतवार नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । उनले घट्नमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिएका छन् ।
परिवारजनले उनको हत्या शनिवार राती नै भएको हुन सक्ने अनुमान गरेका छन् । मृतकका बुवा मो.लुकमानका अनुसार शनिवार वेलुका ८ बजेतीर तफेजुल शम्भुनाथको मेला भरेर घर फर्केका थिए । केही बेर पछी छोराको साथी बताउने २÷३ जना अपरिचित युवाहरु भेट्न आएको र आमालाई मासु पकाएर राख्नु चाडै फर्किन्छु, भन्दै बाहिर निस्केका थिए ।
छोरा राती अवेरसम्म घर नफर्के पछी आफूहरु खोजतलासमा जुटे पनि कतै फेला नपरेको उनले बताए । यता विहानै स्थानीय केही ब्यक्तीले रुपनी गाउँपालिका १ स्थित एक खेतमा मृत अवस्थामा छोराको मृत शरीर रहेको बताएका थिए ।
घटना पछी आक्रोशित स्थानीयवासीले बिहान करिब २ घण्टा रुपनी राजमार्ग खण्डमा चक्का जाम र प्रर्दशन गरेपछी प्रहरीले घटनास्थलमा डगस्क्वाड (तालिम प्राप्त कुकुर) को सहयोग समेत लिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आएको डगस्कवाडले केही संकेत गरेको र त्यसलाई पनि अनुसन्धानमा समेटिएको प्रहरीको भनाइ छ ।
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ
सारांश
- दैनिक समाचारदाता राजविराज, ३१ बैशाख ।
- सप्तरीको शम्भुनाथ नगरपालिकाका एक यूवकको मृत शरीर आइतबार बिहान खेतमा फेला परेको छ ।
- सो नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया