दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मंसिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा रहेका साहस भनिने इन्दल साहलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । साहलाई प्रहरीले मोस्टवान्टेड सूचीमा राखेको थियो ।
जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ सम्बन्धि कसुर र संगठित अपराध मुद्दामा कसुर ठहरी फरार रहेका साहलाई प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य समेत रहेका धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर बस्ने ३४ वर्षिय साहस भनिने इन्दल साहलाई बिहीबार सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
मंसिर २७ गते महेन्द्रनगरमा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो । बम विस्फोटमै परेर राजेशका बुबा भिखारी साह, राजेशका अर्का छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, छिमेकी अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
सारांश
- जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ सम्बन्धि कसुर र संगठित अपराध मुद्दामा कसुर ठहरी फरार रहेका साहलाई प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
- नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य समेत रहेका धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर बस्ने ३४ वर्षिय साहस भनिने इन्दल साहलाई बिहीबार सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
- मंसिर २७ गते महेन्द्रनगरमा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया