जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना

राजविराज राजविराज
|
शनिबार, आश्विन २, २०७८
|
|
२४ पटक हेरिएको
Shares
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना

सारांश

  •     त्यस्तै निक्षेप संकलन तर्फ आ.
  • ब.
  • २०८१/८२ सम्ममा २३ करोड ७६ लाख ९४ हजार ४ सय ४६ रुँपैया ५३ पैसा पुर्‍याउने व्यवसायीक योजना सार्वजनिक गरे ।

    राजविराज/जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठले १० औं वर्षमा प्रवेश गरेको अवसरमा चार वर्षे व्यवसायीक रणनीतिक योजना सार्वजनिक गरेको छ । 
    संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आ.ब. २०७८/७९ देखी २०८१/८२ सम्मको व्यवसायीक रणनीतिक योजना सार्वजनिक गरेको हो । 
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले आ.ब. २०७७/७८ मा रहेको २ करोड ३० लाख २३ हजार एक सय शेयर पूँजीलाई बढोत्तरी गर्दै आ.ब. २०८१/८२ सम्ममा ५ करोड २३ हजार एक सय पुर्‍याउने लक्ष्य लिएको जानकारी दिए । उनले कोष हिसाबतर्फ ६५ लाख ९२ हजार ८ सय ३४ रुँपैया १५ पैसा रहेकोमा आ.ब. २०८१/८२ सम्ममा २ करोड १९ लाख २ हजार ८ सय ३४ रुँपैया १५ पैसासम्म पुर्‍याउने लक्ष्य रहेको बताए ।
    त्यस्तै निक्षेप संकलन तर्फ आ.ब. २०८१/८२ सम्ममा २३ करोड ७६ लाख ९४ हजार ४ सय ४६ रुँपैया ५३ पैसा पुर्‍याउने व्यवसायीक योजना सार्वजनिक गरे । 
    आयोजित पत्रकार सम्मेलनमा संस्थाको स्विकृत कार्यक्षेत्रका बहुसंख्यक जनसंख्या कृषि पेशामा आवद्ध भएका कारण कृषि पेशालाई प्रविधि मैत्री बनाई नागरिकहरुलाई बढि भन्दा बढि व्यवसायिक बनाउने उद्धेश्यले संस्था स्थापना एवं संचालन गरिएको अध्यक्ष मण्डलको भनाई थियो ।
    उक्त अवसरमा संस्थाका उपाध्यक्ष डम्बर नारायण यादव, कोषाध्यक्ष मनोज यादव, राष्ट्रिय सहकारी बैंक बैकका प्रमुख लगायत संस्थाका कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?