लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन

राजविराज राजविराज
|
शुक्रबार, पौष २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन

सारांश

  •     अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरी बुढाथोकीको २५औं स्मृति दिवस मनाएको हो ।
  •     क्याम्पस हाता भित्र २५ वटा बृक्षारोपण गर्नुका साथै २५ जनाले रक्तदान गरी २५औं स्मृति दिवस मनाइएको अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलीपकुमार मण्डलले जानकारी दिए ।
  •       कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अशोक मण्डल, पत्रकार मनोहरकुमार पोखरेल, नेकपाका नेता निरन्जन झा, क्याम्पसका कर्मचारी रबीकुमार राय, बिद्यार्थीहरु दिलीपकुमार मण्डल, रिषी माझी, राजु मण्डल, कृष्णदेब मण्डल, उज्जवल साह, मुस्तकिम आलम, शशिभुषण सुमन, अंकति सिंह, एकबाल आलमलगायतकाले रक्तदान गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
    स्वर्गिय लोकेन्द्र बुढाथोकीको स्मृतिमा शुक्रबार राजविराजमा बृक्षारोपण, रक्तदान तथा श्रद्धाञ्जली सभा गरेको छ ।
    अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरी बुढाथोकीको २५औं स्मृति दिवस मनाएको हो ।
    क्याम्पस हाता भित्र २५ वटा बृक्षारोपण गर्नुका साथै २५ जनाले रक्तदान गरी २५औं स्मृति दिवस मनाइएको अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलीपकुमार मण्डलले जानकारी दिए । 
    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अशोक मण्डल, पत्रकार मनोहरकुमार पोखरेल, नेकपाका नेता निरन्जन झा, क्याम्पसका कर्मचारी रबीकुमार राय, बिद्यार्थीहरु दिलीपकुमार मण्डल, रिषी माझी, राजु मण्डल, कृष्णदेब मण्डल, उज्जवल साह, मुस्तकिम आलम, शशिभुषण सुमन, अंकति सिंह, एकबाल आलमलगायतकाले रक्तदान गरेका थिए ।
    अनेरास्ववियु क्याम्पस इकाई कमिटीका अध्यक्ष सुनितकुमार झा र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलीपकुमार मण्डलले संयुक्त रुपमा अध्यक्षता गरेको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्य अशोक मण्डल, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, क्याम्पस प्रमुख डा. सर्बेशचन्द्र मिश्र, पत्रकार मनोहर पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनीमाथि प्रकाश पार्दै श्रद्धाञ्जली व्यक्त गरे ।     
    बिद्यालष् जिवनदेखिनै अनेरास्ववियुमा संलग्न लोकेन्द्र २०४७ साल भदौ ४ गते अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै सचिव र अधिवेशन आयोजक कमिटिका संयोजक बनेका थिए । राजविराजस्थित समाज कल्याण केन्द्र (बाल कल्याण गृह) मा वसी एसएलसीको पढाई पुरा गरेका वुढाथोकीको मविव क्याम्पस राजविराजमा विएल दोश्रो वर्षमा अध्ययनरत रहेकै बेला राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो ।
    पछिल्लो समय नवीन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका वुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनीधी तथा राजविराजबाट प्रकाशित सगरमाथा आवाज सप्ताहिकका सहसम्पादक थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
तीन बालकसहित पाँचको मृत्यु
तीन बालकसहित पाँचको मृत्यु
सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित
सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी
प्रिमियर लिगमा टिभीएस किंग्स र राजविराज किंग्स विजयी
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन