मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 

राजविराज राजविराज
|
आइतबार, कार्तिक १२, २०८०
|
|
४८ पटक हेरिएको
Shares
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 

सारांश

  •     नगरक्षेत्रको १६ वटै वडालाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन आईतवार नगर तथा आसपासका विभिन्न पालिकाबाट समेत उपचारका लागी बिरामी आउन थालेपछि शिविरमा घुइँचो लागेको हो ।
  •       जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थोरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पताल राजविराजको समन्वयमा आयोजित शिविरमा पहिलो दिन २ सय भन्दा बढी बिरामीले उपचार पाएका छन् ।
  •       शिविरमा मुटु सम्बन्धि रोगको निःशुल्क उपचार, स्वास्थ्य परिक्षणका साथै औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 

    राजविराजमा आयोजित चार दिने मुटु रोग स्वास्थ्य शिविरको पहिलो दिन विरामीको घुइँचो लागेको छ । 
    नगरक्षेत्रको १६ वटै वडालाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन आईतवार नगर तथा आसपासका विभिन्न पालिकाबाट समेत उपचारका लागी बिरामी आउन थालेपछि शिविरमा घुइँचो लागेको हो । 
    जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थोरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पताल राजविराजको समन्वयमा आयोजित शिविरमा पहिलो दिन २ सय भन्दा बढी बिरामीले उपचार पाएका छन् । 
    शिविरमा मुटु सम्बन्धि रोगको निःशुल्क उपचार, स्वास्थ्य परिक्षणका साथै औषधी समेत निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।
    बरिष्ठ चिकित्सक अनिल भट्टराई, डा.रविन कुमार बराल, डा. सोभित थापा, डा. दिनेश उप्रेति, डा. क्षितज राज पुडासैनी, डा. रामहरी केसी, डा. प्रभा मोक्तान, डा. स्वतिका हुमागाई सहितको १६ सदस्यीय चिकित्सकको टोलीले उपचार सेवा प्रदान गर्ने प्रतिष्ठानका प्रतिनिधी दिपक थापाले जानकारी दिए । 
    स्वास्थ्यको सुचाङ्कमा सप्तरी निकै पछाडी रहेको तथा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको प्रष्ठिानकी प्रबन्धक निर्देशक कटुवालले बताइन । 
    शिविरमा इसिजी, इको, उच्च रक्तचाप लगायत रोगको जाँच पनि निःशुल्क गर्ने गरिएको छ भने निःशुल्क प्रदान गरिने औषधीहरु वेस्ट फर्मासिटिकलले सहयोग स्वरुप उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
विंगरको ठक्करबाट बालक घाइते
विंगरको ठक्करबाट बालक घाइते
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन