दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले आइतबार राजविराज नगरपालिका कार्यालयमा पुगि विकास निर्माणका कार्यहरुको फायल अध्ययन गरेको छ ।
नगरपालिकाले विभिन्न वडाहरुमा संचालन गरेको योजनामा अनियमितता भएको गुनासो आएपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट आएको टोली अनुसन्धानका लागि सो फायलहरुको अध्ययन गरेको हो ।
आयोगका लेखा अधिकृत दयाराम काफ्ले नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत प्राविधिक तथा सम्बद्ध फाँटका अन्य कर्मचारीसँग फायल झिकाई आवश्यक जानकारी लिएको जनाएको छ ।
यस्तै प्राविधिकसहित आएको अख्तियारको टोलीले विभिन्न वडामा नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको स्थलगत अनुगमन समेत गरेको छ ।
टोली प्रमुख काफ्लेले नियमितको प्रक्रिया अनुसार नगरपालिकाको कार्यालय पुगेर विकास निर्माण सम्बन्धी फायलहरुको अध्ययन गर्नुका साथै नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको अध्ययन पनि गरेको बताए । उनले थप कुरा अनुसन्धान सकिएपछि मात्र भन्न मिल्ने जिकिर गरे ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मनाथ जोशीले आफू यस कार्यालयमा आउनु भन्दा पूर्व विगतमा कार्यालयद्वारा भएका केही निर्माण कार्यका सम्बन्धमा आयोगले जिज्ञासा राखेको र यस अघि विभिन्न मितिमा माग गरेको विवरण आयोगलाई समयमै किन नपठाएको हो भनी सोधनीभएको बताए ।
राजविराज नगरपालिकामा अख्तियारको टोली
सारांश
- नगरपालिकाले विभिन्न वडाहरुमा संचालन गरेको योजनामा अनियमितता भएको गुनासो आएपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट आएको टोली अनुसन्धानका लागि सो फायलहरुको अध्ययन गरेको हो ।
- आयोगका लेखा अधिकृत दयाराम काफ्ले नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत प्राविधिक तथा सम्बद्ध फाँटका अन्य कर्मचारीसँग फायल झिकाई आवश्यक जानकारी लिएको जनाएको छ ।
- यस्तै प्राविधिकसहित आएको अख्तियारको टोलीले विभिन्न वडामा नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको स्थलगत अनुगमन समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया