कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता

राजविराज राजविराज
|
मंगलबार, भाद्र १०, २०७६
|
|
४७ पटक हेरिएको
Shares
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता

सारांश

  •     मंगलबार अनशन स्थल कोशी ब्यारेजमै पुगेका मन्त्री साहले कोशी पीडितहरुको माग जायज रहेको भन्दै समर्थन जनाएका हुन् ।
  • उनले प्रदेश सरकारले कोशी पीडितहरुको माग पुरा गराउन आफ्नोस्तरबाट यसबारे संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
  •       मन्त्री साह करिब एक घण्टा अनशनकारीहरुसँगै मञ्चमा बसेपछि कोशीपीडितहरु उत्साहित बनेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० भदौं । 
    विगत ११ दिनदेखी अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको जायज माँगप्रति प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समर्थन जनाएका छन् । 
    मंगलबार अनशन स्थल कोशी ब्यारेजमै पुगेका मन्त्री साहले कोशी पीडितहरुको माग जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले प्रदेश सरकारले कोशी पीडितहरुको माग पुरा गराउन आफ्नोस्तरबाट यसबारे संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए । 

    मन्त्री साह करिब एक घण्टा अनशनकारीहरुसँगै मञ्चमा बसेपछि कोशीपीडितहरु उत्साहित बनेका थिए । 
    नेपाल भारतबीच बि.स. २०११ सालमा भएको सम्झौता अनुसार अझै जग्गाको मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु साउन ३२ गतेदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।     

    संघर्ष समितिका संयोजक महिदेव चौधरीले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पु¥याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकारबीच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका मागसहित रिले अनसनमा बसेको बताए । 
    यसबाट पनि सुनुवाई नभए आमरण अनसनदेखि चक्का जाम, सप्तरी सुनसरी र उदयपुर जिल्ला बन्दसम्म लगायतका आन्दोलन कार्यक्रम घोषणा तयारी समेत भइरहेको संयोजक चौधरीले बताए । यसैबीच मंगलबारै अनशन स्थलमा बसेको संघर्ष समितिको बैठकले समितिको सहसंयोजकमा ज्योती झा (सप्तरी) को चयन गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित
मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
सहिद परिवारलाई सहयोग जुट्दै
सहिद परिवारलाई सहयोग जुट्दै
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
३४ विपन्न तथा दुई हात्ती पीडित परिवारलाई राहत वितरण
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी