दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा परेको १ सय ८१ जनाको उम्मेदवारी मध्ये बुधबार पाँच जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
पाँच जनाले उम्मेदवारी फिर्ता लिए सँगै अब सप्तरीमा २० महिलासहित १ सय ७६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने छन् ।
निर्वाचन कार्यक्रम सूची अनुसार बुधबार बिहान १० बजेदेखी १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिए अनुसार पाँच जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन फिर्ता लिनेहरुमा प्रतिनिधीसभा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र शर्मा “मधेशी” छन । जनमत पार्टीका उनी टिकट नपाएपछी पार्टीका आधिकारीक उम्मेदवार अनिस अंसारी विरुद्ध बागी उम्मेदवारी दिएका थिए । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पहलमा उनले उम्मेदवारी फिर्ता पार्टी श्रोतले जनाएको छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ को प्रदेशसभा “क” बाट सत्तागठबन्धनका साझा उम्मेदवार मो.समिम विरुद्ध बागी हुदै स्वतन्त्र उम्मेदवारी दिएका एकिकृत समाजवादीका अनिल कुमार गुप्ता र सोही क्षेत्रको प्रदेशसभा “ख” मा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका अमरेन्द्र कुमार यादवले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै केन्द्रस्तरमा भएको गठबन्धन र सहमती विपरित निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ख मा सत्ताधारी गठबन्धन दलका आधिकारीक उम्मेदवार काँग्रेसका बद्री महात्मान विरुद्ध बागी उम्मेदवारी दिएका लोसपाका कुमर नाथ मिश्र र निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवारी दिएका मोहम्मद गफुरले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले पाँच जनाले उम्मेदवारी फिर्ता लिएको पुष्टि गर्दै अब प्रतिनिधीसभा र प्रदेशसभाका गरी कुल १ सय ७६ जनाको उम्मेदवारी कायम भएको जानकारी दिए ।
जिल्लामा ४ प्रतिनिधीसभाका लागी ६९ र ८ प्रदेशसभा सदस्य पदका लागी १ सय ७ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस मध्ये विभिन्न दलबाट १३ जना र स्वतन्त्र ७ गरी २० महिला पनि चुनावी प्रतिस्पर्धामा छन् ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागी जिल्लामा ५ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ भने कुल मतदाता संख्या ४ लाख १८ हजार ३ सय ७४ छन ।
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
सारांश
- पाँच जनाले उम्मेदवारी फिर्ता लिए सँगै अब सप्तरीमा २० महिलासहित १ सय ७६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने छन् ।
- निर्वाचन कार्यक्रम सूची अनुसार बुधबार बिहान १० बजेदेखी १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिए अनुसार पाँच जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
- मनोनयन फिर्ता लिनेहरुमा प्रतिनिधीसभा क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया