तिलाठी वालबिवाह मुक्त वडा घोषणा 

राजविराज राजविराज
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
तिलाठी वालबिवाह मुक्त वडा घोषणा 

सारांश

  •     शुक्रवार सप्तरीको तिलाठी कोईलाडी गाउपालिका कै पहिलो वडा १ तिलाठी बालविवाह मुक्त वडा घोषणा कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
  •     मन्त्री साहले गाउँपालिकाको प्राङ्गणमा चन्दनको रूख रोपेर वालमुक्त वडा घोषणा गरे ।
  • वालविवाह समाजिक अपराध भएकोले वालविवाह न्यून गर्न र दहेज प्रथालाई हटाउन समाजिक अभियान नै आबश्यक रहेकोमा उनले जोड दिए ।

चन्दनकुमार यादव
राजविराज, १० जेठ । 
    प्रदेश २ का भुमी ब्यबस्था, कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले बालबिवाह, दहेज अन्त्य गर्नका लागि समाजिक स्तरवाट अभियान चलाउनुपर्नेमा जोड दिएका छन ।
    शुक्रवार सप्तरीको तिलाठी कोईलाडी गाउपालिका कै पहिलो वडा १ तिलाठी बालविवाह मुक्त वडा घोषणा कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
    मन्त्री साहले गाउँपालिकाको प्राङ्गणमा चन्दनको रूख रोपेर वालमुक्त वडा घोषणा गरे । वालविवाह समाजिक अपराध भएकोले वालविवाह न्यून गर्न र दहेज प्रथालाई हटाउन समाजिक अभियान नै आबश्यक रहेकोमा उनले जोड दिए ।
    दहेज प्रथा समाजका अभिसाप भएको भन्दै यस्ता बिकराल समस्यालाई हटाउन परिवार र समुदायवाट नै एकजुट भई स्वच्छ समाज निर्माण गर्नुपर्ने उनले बताए ।
    मधेसमा अधिकांश गरिव, दलित परिवारका वालवालिकाहरूको बिचमै पढाई छोडाएर विवाह गर्दिनाले ४० प्रतिशत शिक्षाको दर रेट घटेको भन्दै “बेटी पढाउ बेटी बचाउ” अभियानले समुदायमा देखिएका कुरितिलाई हटाउन सकिने बताए ।
    समाजवादी पार्टी नेपालका नेता समेत रहेका मंन्त्री साहले वालवालिकाहरूको उचित शिक्षा दिई उनीहरूको उज्जवल भविश्यका लागि आत्मनिर्भर बनाई २० बर्ष पूरा नगरी बिवाह नगर्न सबैलाई आग्रह समेत गरे ।
    २० बर्ष मुनीका केटा र केटीको कुनै पनि विवाह नभएको र अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गरिएको गाउपालिका अध्यक्ष सतिश कुमार सिँहले जानकारी दिए । 
    यस्तै तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा २८ वटा बिवाह भएको र त्यस मध्ये कसैले २० बर्ष मुनीका वालवालिकाहरूको बिवाह नभएको वडा अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिएका छन् ।
    घोषणा समारोहमा बोल्दै प्रजिअ सुरेन्द्र पौडेल वालबिवाह गर्नु भनेको समाजिक अपराध भएकोले बालवालिकाहरूको भबिश्यलाई नजर अन्दाज गरि उनीहरूको शिक्षादिक्षा तर्फ पहिलो प्राथमिता दिनुपर्नेमा जोड दिए ।
    सप्तरी प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले वालविवाह रोक्न, परिवार र समुदायबाट नै सक्रिय बनाई समुदायमा त्यस्ता वालविवाह बिरूद्व अगाडि बढनु आबश्यक रहेको बताए । 
    वालविवाह मुक्त वडा घोषणाका लागी त्यस बस्तीमा बालविवाह नगर्नका लागि भिडियो प्रदर्शन, जनचेतनामूलक ¥याली, अन्तरक्रिया तथा चेतनामेलक कार्यक्रम गरेको सेभ द सप्तरीका फिल्ड अधिकृत घुरण यादबले जानकारी दिए ।
    तिलाठी कोईलाडी गाउपालीकाको आयोजनामा तथा सेभद चिल्ड्रेन र सेभद सप्तरी वडा १ तिलाठीका अध्यक्ष दिनेश्वर मिश्र, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपाध्यक्ष सुचिता यादब, प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट, वडा अध्यक्ष लक्ष्मी मण्डल सेभद द चिल्ड्रेनका रचना थापा, बाल संजालका अध्यक्ष गोपाल मण्डल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान