दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
जिल्ला स्वास्थ्य कार्यालयले सप्तरीमा पछिल्लो तीन दिनयता एक जना पनि कोरोना संक्रमित नभएको जनाएको छ ।
बिहीबार ९ जनाको स्वाव परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनले कोरोनाको तेश्रो लहरमा विगत दुई महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकोमा तीन दिनयता संक्रमित नथपिएको बताए ।
जिल्लामा हालसम्म ४ सय २ जना संक्रमित भएकोमा ३ सय २३ जना निको, ५ जनाको मृत्यु र ७४ जना संक्रिय संक्रमित अहिले होमआइसोलेशनमा रहेको जानकारी दिए ।
उनले संक्रमण दर घट्दै गएपनि अहिले पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु उत्तिकै जरुरी रहेको सुझाव दिए ।
सप्तरीमा कोरोना संक्रमण दर घट्दै
सारांश
- बिहीबार ९ जनाको स्वाव परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
- उनले कोरोनाको तेश्रो लहरमा विगत दुई महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकोमा तीन दिनयता संक्रमित नथपिएको बताए ।
- जिल्लामा हालसम्म ४ सय २ जना संक्रमित भएकोमा ३ सय २३ जना निको, ५ जनाको मृत्यु र ७४ जना संक्रिय संक्रमित अहिले होमआइसोलेशनमा रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया