दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
राजविराज नगरपालिका वडा नं. २ राजदेवी चौकमा आइतबार राती चोरले घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी गरी फरार भएका छन् ।
स्थानिय ७० वर्षिय श्याम देवलाई उनी सुतिरहेकै कोठामा चोरले थुनेर दुई वटा कोठाबाट लाखौंको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
श्याम देवका कान्छा छोरा डा.विमलका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको हो ।
उनका अनुसार बुवा श्यामदेव आईतवार राती करिब ११ बजे तीर खाना खाएर कोठामा एक्लै सुतेका थिए । परिवारका अन्य सदस्य सहित आफु पनि सोही दिन काम विषेशले बाहिर गएको चोरले सुईको पाएपछि सो घट्ना गरेको उनको भनाइ छ । चोरले बुवा सुतेको कोठमा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको तीन वटा दराज र एउटा सन्दुक फुटाएर सो परिमाणको सम्पत्ती चोरी गरी लगेको उनले बताए ।
घट्नास्थलबाट १० मिटर मात्रको दुरीमा प्रहरीको विट रहेको छ । यस्तो अवस्थामा पनि चोरी हुनु अनौठो र आश्र्चयको विषय भएको उनको भनाइ छ ।
प्रहरी बिट नजिकैको घरमा चोरी भएपछि छरछिमेकका वासिन्दा समेत त्रसित छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले चोरी घट्नाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले शंकास्पद २÷३ जनालाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको र छिट्टै चोर पत्ता लाग्ने दावी गरेका छन् ।
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
सारांश
- स्थानिय ७० वर्षिय श्याम देवलाई उनी सुतिरहेकै कोठामा चोरले थुनेर दुई वटा कोठाबाट लाखौंको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
- श्याम देवका कान्छा छोरा डा.
- विमलका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया