दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
बडा दशैंको पहिलो दिन सप्तरीका विभिन्न शक्तिपिठहरुमा जमरा राखि सविधि पुजापाठ शुरु भएको छ ।
सो अवसरमा प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती, डाक्नेश्वरी लगायत जिल्ला भरिका शक्तिपिठहरुलाई श्रृगारिएको छ ।
यस्तै जिल्लाको विभिन्न स्थानमा दुर्गा भवानीको आकर्षक प्रतिमा निर्माण गरि सविधि पुजापाठ शुरु भएको हो ।
पुजाको पहिलो दिन सोमबार प्रत्येक शक्तिपिठका साथै घरघरमा जमरा राखि घटस्थापना र दुर्गा भवानीको पुजापाठ शुरु गरिएको छ ।
यस अवसरमा जिल्लाको विभिन्न शक्तिपिठहरुबाट कलशयात्रा समेत निकालिएको छ ।
कलशयात्रा सयौं महिला÷पुरुष सहभागी भए । कसैले सप्तकोशी र त्रियुगा नदी तथा कसैले नजीकको जलाशयहरुबाट पवित्र जल भरेर पुजा स्थल सम्म लगेका थिए ।
कलश यात्राको क्रममा संकलन गरिएको पवित्र जल प्रतिमा सेलाउन दिन विसर्जन गर्ने धार्मिक परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताउँछन् । नवदुर्गाका सबै रुपलाई घटस्थापनादेखि नवमी सम्म हरेक दिन विहान–बेलुका पुजापाठ गर्ने चलन रहि आएको छ ।
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
सारांश
- सो अवसरमा प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती, डाक्नेश्वरी लगायत जिल्ला भरिका शक्तिपिठहरुलाई श्रृगारिएको छ ।
- यस्तै जिल्लाको विभिन्न स्थानमा दुर्गा भवानीको आकर्षक प्रतिमा निर्माण गरि सविधि पुजापाठ शुरु भएको हो ।
- पुजाको पहिलो दिन सोमबार प्रत्येक शक्तिपिठका साथै घरघरमा जमरा राखि घटस्थापना र दुर्गा भवानीको पुजापाठ शुरु गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया