दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
बडा दशैंको पहिलो दिन सप्तरीका विभिन्न शक्तिपिठहरुमा जमरा राखि सविधि पुजापाठ शुरु भएको छ ।
सो अवसरमा प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती, डाक्नेश्वरी लगायत जिल्ला भरिका शक्तिपिठहरुलाई श्रृगारिएको छ ।
यस्तै जिल्लाको विभिन्न स्थानमा दुर्गा भवानीको आकर्षक प्रतिमा निर्माण गरि सविधि पुजापाठ शुरु भएको हो ।
पुजाको पहिलो दिन सोमबार प्रत्येक शक्तिपिठका साथै घरघरमा जमरा राखि घटस्थापना र दुर्गा भवानीको पुजापाठ शुरु गरिएको छ ।
यस अवसरमा जिल्लाको विभिन्न शक्तिपिठहरुबाट कलशयात्रा समेत निकालिएको छ ।
कलशयात्रा सयौं महिला÷पुरुष सहभागी भए । कसैले सप्तकोशी र त्रियुगा नदी तथा कसैले नजीकको जलाशयहरुबाट पवित्र जल भरेर पुजा स्थल सम्म लगेका थिए ।
कलश यात्राको क्रममा संकलन गरिएको पवित्र जल प्रतिमा सेलाउन दिन विसर्जन गर्ने धार्मिक परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताउँछन् । नवदुर्गाका सबै रुपलाई घटस्थापनादेखि नवमी सम्म हरेक दिन विहान–बेलुका पुजापाठ गर्ने चलन रहि आएको छ ।
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
सारांश
- सो अवसरमा प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती, डाक्नेश्वरी लगायत जिल्ला भरिका शक्तिपिठहरुलाई श्रृगारिएको छ ।
- यस्तै जिल्लाको विभिन्न स्थानमा दुर्गा भवानीको आकर्षक प्रतिमा निर्माण गरि सविधि पुजापाठ शुरु भएको हो ।
- पुजाको पहिलो दिन सोमबार प्रत्येक शक्तिपिठका साथै घरघरमा जमरा राखि घटस्थापना र दुर्गा भवानीको पुजापाठ शुरु गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया