दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.४ लालापटीस्थित रहेको डिहबार थानको पुर्व पट्टि रहेको पोखरीमा झापा घैलाडुवा गाउँपालिका वडा नं.६ घर भएका दुई वर्षिय दिप पण्डितको पोखरीमा डुबेर मंगलबार मृत्यु भएको हो ।
उनी हजुरबुवा देव नारायण पण्डितको घरमा पहुना आएको बेला खेल्ने क्रममा पोखरीमा चिप्लेर घाईते भएका थिए । उनलाई उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरेर इसिजि गर्दा चिकित्सकले मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ र ३ स्थित कट्टि मुसरीमा रहेको सार्वजनिक पोखरीमा वडा नं. ३ बस्ने ३५ वर्षिय लल्कु भन्ने शिव शंकर सदाको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त पोखरीमा रहेको कमलको फुलको फल टिप्न जाने क्रममा डुवर सदाको मृत्यु भएको छ ।
पोखरीमा डुबेको सूचना पाएपछि प्रहरीले उद्वारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी, भलुवाई गण राजविराज तथा ६ नं. गण राजविराजबाट गरि ४१ जनाको सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।
उद्धार कार्यमा खटेका संयुक्त प्रहरी टोलीले मंगलबार ११ बजे पोखरीबाट सदाको शव फेला पारि आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै पोष्टमार्टम गराएको जनाएको छ ।
यता दुबै घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
सारांश
- जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.
- ४ लालापटीस्थित रहेको डिहबार थानको पुर्व पट्टि रहेको पोखरीमा झापा घैलाडुवा गाउँपालिका वडा नं.
- ६ घर भएका दुई वर्षिय दिप पण्डितको पोखरीमा डुबेर मंगलबार मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया