संसारकै सबैभन्दा खतरनाक टापु ‘नर्थ सेन्टिनल आइल्याण्ड’ अहिले निकै चर्चामा छ । यहाँ क्रिस्चियन धर्म प्रचार गर्न गएका एक मिसिनरी युवकको लाश भेटिएपछि यो टापुको चर्चा बढेको छ । एएनआइका अनुसार ७ माझीले ती युवकलाई टापुमा लिएर गएका थिए । ती युवकले आदिवासीलाई क्रिष्चियन बनाउन भन्दै बाइबलको पाठ पढाउन थालेपछि आदिवासीले उनको वाणले हानेर हत्या गरिदिएको बताइएको छ ।
भारतको सीमाभित्र पर्ने यो टापुमा बस्ने आदिवासीहरुको प्रजाती ५५ हजार वर्ष पुरानो मानिन्छ । अण्डमान महाद्वीपमा रहेको जरावा जनजातिका यी आदिवासीहरु बाँकी संसारबाट टाढै रहन्छन् । यो जनजातिले आधुनिक सभ्यतालाई पूर्णतया अस्वीकार गरेका छन् र बाँकी संसारसँग यिनीहरुको सम्पर्क शुन्य छ । भनिन्छ कि यी आदिवासीहरुले आफ्नो समुदायभन्दा फरक कुनै पनि मान्छेलाई भेटे भने मारिदिन्छन् । यतिमात्र होइन यी आदिवासीहरु आफ्नै भर्खर जन्मेको बच्चासमेत अलिकति पनि गोरो भयो भने मारिदिन्छन् ।
अफ्रिकी मूलको यो समुदायका मानिसहरु निकै काला हुन्छन् । यो समुदायको परम्पराअनुसार जन्मेको बच्चाकी आमा विधवा भएमा वा बच्चाको पिता अर्कै समुदायको भएमा पनि बच्चा मारिदिन्छन् । यस्तोमा बच्चा अलिकति पनि गोरो भएमा बच्चाको पिता बाहिरी संसारको भएको मानेर बच्चा मारिदिन्छन् । यो समुदायमा यसरी बच्चा मारेको कुनै सजाय पनि हुँदैन । यो समुदायको बारेमा जानकारी भएका विशेषत्रका अनुसार जरावा जनजातिमा नवजात शिशुलाई यो समुदायका जुनसुकै महिलाले स्तनपान गराउँछन् । यसले समुदायको शद्धता र पवित्रता बनिरहने मान्यता छ ।
यो जनजाति पृथ्वीमा ५५ हजार वर्षदेखि अस्तित्वमा रहेको विश्वास गरिन्छ । यो टापुमा यो प्रजातीका ५० जना मात्र बाँकी भएको बताइन्छ । यिनीहरुलाई भारत सरकारले संरक्षण गरेर राखेको छ । भारतको केन्द्र शासित प्रदेश अण्डमान द्वीपको उत्तरी क्षेत्रमा बस्ने यो जनजाति बाँकी संसारसँग दूरी बनाएर बस्न चाहन्छन् । त्यसैले यो टापुमा बाहिरी मानिसहरुको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । केही वर्षअघि यहाँ जाने पर्यटकले यो समुदायका महिलाहरुसँग दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि सर्वोच्च अदालतले यो क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको थियो ।
यहाँ न बिजुली छ न मोवाइल नेटवर्क । यो समुदायलाई यी चीजको आवश्यकता नै छैन । यिनीहरु बिना कपडा बस्छन् र जो कोही बाहिरी मान्छे यहाँ देखिन्छ त्यसमाथि आक्रमण गर्छन् । यिनीहरु यहाँ शिकार गरेर जीवन चलाउँछन् । सीफुट र नरिवल पानी यिनीहरुको खानाको अहम हिस्सा हो । एक पटक भारत सरकारले यो क्षेत्रको निरीक्षण गर्नको लागि एक हेलिकप्टर पठाएको थियो । तर, यहाँका आदिवासीले हेलिकप्टरमाथि पनि आक्रमण गरे । त्यसपछि यो क्षेत्रलाई पूरै एक्लै छोडिएको छ । एजेन्सी
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
सारांश
- यो जनजाति पृथ्वीमा ५५ हजार वर्षदेखि अस्तित्वमा रहेको विश्वास गरिन्छ ।
- यो टापुमा यो प्रजातीका ५० जना मात्र बाँकी भएको बताइन्छ ।
- यिनीहरुलाई भारत सरकारले संरक्षण गरेर राखेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया