तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 

राजविराज राजविराज
|
शनिबार, पौष ३०, २०७९
|
|
७४ पटक हेरिएको
Shares
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 

सारांश

  •     उनले भने, “मेरो पहिलो प्राथमिक्ता भ्रष्टाचार नियन्त्रण र प्रदेशको विकास हो, यस विषयमा कसैसँग कुनै गलत सहमति र सम्झौता हुन सक्दैन, भविष्यमा मेरो काम र व्यवहारले यसको पुष्टि गर्नेछ ।
  • ’ उनले भ्रष्टाचारलाई क्यान्सर रोगको संज्ञा दिदै अबको सुरुवाती तीन महिना यसै रोगको उपचारमा लाग्ने प्रतिबद्धता जनाए ।
  •     उनले मधेश प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउन आफुसँग प्रष्ट भिजन र कार्ययोजना भएको दावी गर्दै यस कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।

    राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तीन महिना भित्र मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने उद्घोष गरेका छन् । 
    मुख्यमन्त्री भएपछि शनिवार पहिलो पटक प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिर दर्शन र पुजापाठका लागि आएका उनले संचारकर्मीहरुसित छोटो कुराकानी गर्दै त्यस्तो उद्घोष गरेका हुन् । 
    भ्रष्टाचार नियन्त्रण भए विकासका आधारहरु तिब्र गतिमा अघि बढ्ने जिकिर गर्दै उनले भ्रष्टाचार कुनै एउटा प्रदेशको मात्र नभई समग्र मुलुककै समस्या भएको बताए । 
    उनले भने, “मेरो पहिलो प्राथमिक्ता भ्रष्टाचार नियन्त्रण र प्रदेशको विकास हो, यस विषयमा कसैसँग कुनै गलत सहमति र सम्झौता हुन सक्दैन, भविष्यमा मेरो काम र व्यवहारले यसको पुष्टि गर्नेछ ।’ उनले भ्रष्टाचारलाई क्यान्सर रोगको संज्ञा दिदै अबको सुरुवाती तीन महिना यसै रोगको उपचारमा लाग्ने प्रतिबद्धता जनाए ।
    उनले मधेश प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउन आफुसँग प्रष्ट भिजन र कार्ययोजना भएको दावी गर्दै यस कार्यमा सबैको साकारात्मक सहयोगको अपेक्षा राखेको बताए । “हामी माथि प्रदेशवासीको धेरै आशा, भरोसा र विश्वास छ, उनले थपे –“प्राथमिक्ताका आधारमा प्रदेशवासीका सबै आकांक्षाहरु क्रमीक रुपमा पुरा गर्न दृढ संकल्प छौ ।” 
    मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारबाट हरसम्भव सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाए । 
    उनीसँगै रहेकी प्रदेश सभा सदस्य किरण कुमारी साहले परिवर्तनको सुरुवात भ्रष्टाचार उन्मुलनबाट मात्र सम्भव रहेको बताइन । उनले भनिन्–भ्रष्टाचार नियन्त्रण नभएसम्म परिवर्तनको अनुभूति गर्न र गराउन सकिन्न, त्यसैले मुख्यमन्त्रीको प्रतिबद्धता र प्राथमिक्ता पुरा गराउन हाम्रो पनि भुमिका, साथ र सहयोग उतिकै रहनेछ ।
    सो अवसरमा मधेश प्रदेशका उपसभामुख उपमा देव, जनता समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डल, जसपाका जिल्ला अध्यक्ष केदार यादव लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
सामाजिक क्षेत्रमा सबलले पुर्‍याएको  योगदान सराह्निय : प्रजिअ गौतम
तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान
तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान
म्याक्सेल बिजयी मोहत्सव मनायो
म्याक्सेल बिजयी मोहत्सव मनायो
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने