दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
सप्तरी र सिरहालाई कार्यक्षेत्र बनाई विभिन्न सामाजिक कार्य गरिरहेको सबल नेपालले १६ बर्ष पार गर्दै १७ बर्षमा प्रवेश गरेको अवसरमा आइतबार आप्mनो स्थापना दिवससँगै साधारण सभा मनाएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले सप्तरीको सरसफाई क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले सबल नेपालले आरोह अबरोह पार गर्दै सक्रिय भुमिकाको चर्चा गर्दै समाजिक बिकासमा पुर्याएको योगदान सराह्निय रहेको बताए । समाजिक संघ संस्थाहरूले संस्थाको बार्षिक प्रतिवेदन, लेखा परिक्षण, पारदर्शिता, जवादेहितालाई ख्याल गरी सही दिशातर्फ अगाडी बढनुपर्ने उनले सुझाव दिए ।
सबल नेपालका अध्यक्ष जुना गिरीले सबलले समुदायमा सुधार ल्याई बर्तमान तथा भबिष्यमा मानव जिवनको स्वास्थ स्थितिमा सुधार ल्याउनुको साथै देशको लागि आबश्यक सबल, सक्षम, तथा कर्मठ जनशक्ति उत्पादन गर्दै आएको बताइन् ।
उनले आब ०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन तथा आव ०७८/७९ को बार्षिक कार्यक्रम प्रस्तुत गर्दै संस्थाले सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको खडक नगरपालिका र सुरूङ्गा नगरपालिकामा समुन्नती कार्यक्रम संचालन गर्दै आएको जानकारी दिइन् ।
संस्थाले विभिन्न खोज अनुसन्धान गरी आबश्यक पुर्वाधार तयार गर्ने, युवा, बालवालिका, महिला तथा लक्षित वर्गलाई विभिन्न परियोजनाहरू संचालन गर्दै आएको सबल नेपालका संस्थापक दिपक झाले बताए ।
यसैगरी संस्थाले वास एसडिसी परियोजना, खानेपानी तथा सरसफाई स्वच्छता परियोजना, समुदायमा आधारित बाढी पुर्व सुचना प्रणाली, बिपद् ब्यबस्थापन, सुचना शिक्षा र संचार सामग्रीहरूको बिकास तथा प्रचार, मानव संशाधन ब्यबस्थापन जस्ता गतिबिधि गर्दै आएको संस्थाका संस्थापक आयुष श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण कुमार देव, गैसस महासँघ केन्द्रीय उपाध्यक्ष ध्रुव देव, गैसस सप्तरी जिल्ला कावा अध्यक्ष बलदेव मण्डल, सेभद चिल्ड्रेनका कार्यक्रम संयोजक देवकृष्ण महतो, महुली समुदाय बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरी, एसएनभिका कृष्ण जिसि लगायतले शुभकामना दिएका थिए
सबल नेपालले स्थापनाकालदेखि नै सरसफाई क्षेत्रमा कार्य गरी “जकर घर मे चर्पि नै ओकर घर मे शादी नई” मुल नारा सँगै खुल्ला दिशा मुक्त अभियानमा योगदान गर्दै समाजिक बिकास क्षेत्रमा टेवा पुर्याउदै आएको छ ।
समुदायको स्तरोन्तीको लागि स्वच्छता एवं सरसफाई सँगै पोषण, शिक्षा, स्वास्थ, जिविकोपार्जन, किशोरकिशोरी प्रजनन् स्वास्थ लगायतका बिषयमा जनचेतनामा अभिबृद्वि गर्दै आएको छ ।
सामाजिक क्षेत्रमा सबलले पुर्याएको योगदान सराह्निय : प्रजिअ गौतम
सारांश
- सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले सप्तरीको सरसफाई क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
- उनले सबल नेपालले आरोह अबरोह पार गर्दै सक्रिय भुमिकाको चर्चा गर्दै समाजिक बिकासमा पुर्याएको योगदान सराह्निय रहेको बताए ।
- समाजिक संघ संस्थाहरूले संस्थाको बार्षिक प्रतिवेदन, लेखा परिक्षण, पारदर्शिता, जवादेहितालाई ख्याल गरी सही दिशातर्फ अगाडी बढनुपर्ने उनले सुझाव दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया