गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
८५ पटक हेरिएको
Shares
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 

सारांश

  • राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्रमा नवनिर्मित आन्तरिक प्रशिक्षण भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।
  •   प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सञ्चार क्षेत्रमा देखा परेका अव्यवस्था अन्त्य गर्न चाँडै नै सञ्चार ऐन ल्याउने प्रदेश सरकारको तयारी रहेको जानकारी समेत दिए ।
  •   उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखीले मुलुकमा गरिबी, बेरोजगारी र सीमित स्रोतसाधनका बीच सुरक्षा निकायले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेकोमा धन्यवाद समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौ । 

मधेश प्रदेश गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले केही सञ्चारकर्मीहरूद्वारा गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक भएको बताएका छन् ।
राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्रमा नवनिर्मित आन्तरिक प्रशिक्षण भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् । 
प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले सञ्चार क्षेत्रमा देखा परेका अव्यवस्था अन्त्य गर्न चाँडै नै सञ्चार ऐन ल्याउने प्रदेश सरकारको तयारी रहेको जानकारी समेत दिए । 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखीले मुलुकमा गरिबी, बेरोजगारी र सीमित स्रोतसाधनका बीच सुरक्षा निकायले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेकोमा धन्यवाद समेत दिए । 
प्रदेश सरकारको ३ करोड २३ लाख २२ हजार २ सय ७ रुँपैया ९४ पैसाको लागतमा प्रहरी तालिम केन्द्रको आन्तरीक प्रशिक्षण भवन निर्माण भएको हो । निर्माण भएको भवनमा दुई सय प्रशिक्षार्थिले एकै पटक प्रशिक्षणमा सहभागी हुन सक्ने मधेश प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाले जनाएको छ । 
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमबहादुर दाहाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित विभिन्न सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
खरानीमा गहना खोज्दै अग्निपीडित
खरानीमा गहना खोज्दै अग्निपीडित