दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
भारतीय यूवाहरुको कुटाईबाट गम्भिर घाइते भएका एक नेपाली किसानको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५५ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
गत भदौं ६ गते ५÷६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाइबस्तु ल्याएर चराउन थालेको विषयमा उनलाई कुटपिट गरेको थिए । भारतीय पशुचौपायाले आफ्नो खेतमा लगाएको धानबाली नष्ट गर्न थालेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले ती युवाहरुलाई गाली गरेपछि उनीहरुले बाबु छोरालाई बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेका थिए ।
सो आक्रमणबाट गम्भिर अवस्थामा रामदेवलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा सोमबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुटपिटमा संलग्न भारत बिहार राज्यको लौकही जिल्ला करिऔत ग्रामपञ्चायत निवासी ३६ वर्षिय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । यता अन्य फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजि कार्य जारि रहेको इलाका प्रहरी कार्यालय पातोका इन्चार्ज नवीनकुमार झाले जानकारी दिएका छन् ।
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु
सारांश
- सप्तरीको डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५५ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
- गत भदौं ६ गते ५÷६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाइबस्तु ल्याएर चराउन थालेको विषयमा उनलाई कुटपिट गरेको थिए ।
- भारतीय पशुचौपायाले आफ्नो खेतमा लगाएको धानबाली नष्ट गर्न थालेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले ती युवाहरुलाई गाली गरेपछि उनीहरुले बाबु छोरालाई बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया