भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 

सारांश

  •     वीरगंज महानगरपालिका वडा नं.
  • १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्ने क्रममा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो ।
  • सर्लाहीको गोडौता नगरपालिका वडा नं.

दैनिक समाचारदाता
पर्सा, २२ बैशाख ।

    जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतीय नम्बर प्लेटको गाडीभित्र नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
    वीरगंज महानगरपालिका वडा नं. १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्ने क्रममा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो । सर्लाहीको गोडौता नगरपालिका वडा नं. १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बारा परवानीपुर गाउँपालिका ३६ वर्षीय ओम प्रकाश साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
    बीआर ०१ पीजी ६५७७ नं. को सेतो रङ्गको स्कार्पियोभित्र सेतो प्लास्टिकको झोलामा नेपाली नक्कली नोट एक हजार दरको ४ सय ५० थान र पाँच सय दरको नोट ७२ थान फेला पारेको हो । सक्कली एक हजार दरका नोट दुई सय थान गरी पनि भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?