दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
नेकपा प्रचण्ड–नेपाल समुहले प्रतिनिधीसभा विघटन विरुद्ध शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलु्स जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् ।
दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्र्तगत प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएका छन् ।
बुझाइएको विरोध पत्रमा प्रतिनिधी सभा विघटनको कदमलाई असंबैधानिक तथा जनविरोधी कदमको संज्ञा दिदै सो गलत कदम नसच्याए आन्दोलनको आँधीबेरी सृजना गर्ने चेतावनी समेत दिइएको छ ।
विरोध पत्र बुझाउन प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, युवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झा, प्रदेश कमिटी सदस्य महेश यादव, वडा अध्यक्ष जय नारायण मण्डल लगायत स्थानीय नेता÷कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
सारांश
- राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलु्स जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् ।
- दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्र्तगत प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएका छन् ।
- बुझाइएको विरोध पत्रमा प्रतिनिधी सभा विघटनको कदमलाई असंबैधानिक तथा जनविरोधी कदमको संज्ञा दिदै सो गलत कदम नसच्याए आन्दोलनको आँधीबेरी सृजना गर्ने चेतावनी समेत दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया