राजविराज÷नेपाली काँग्रेसका केन्द्रिय नेताहरुले वर्तमान नेकपाको सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।
एक महिने राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तरगत शनिबार सप्तरीको कृष्णासवरण अग्निसाइर गाउँपालिकाको जण्डौलस्थित ठाकुरजी माविको प्राङ्गणमा आयोजित अभियान समापन गर्दै केन्द्रिय नेताहरुले सोही कारणले मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार बढेको आरोप लगाए ।
उनीहरुले सरकारद्वारा चलिरहेको संस्थागत भ्रष्टाचार बिरुद्ध काँग्रेसले फेरी भण्डाफोर अभियान लिएर जनताबीच आउने उद्घोष समेत गरे ।
काँग्रेसका पूर्व मन्त्री एवं केन्द्रिय सदस्य महेन्द्र यादवले सरकार दुई तिहाईको दम्भमा क्षेत्राधिकार मिचेर सुन, वाईडबडी जहाज खरीद, बुढी गण्डकीको ठेक्का र एनसेलको कर लगायतका काण्डमा सरकारले छानबिन गर्न समेत नचाहेको आरोप लगाएका छन् ।
त्यस्तै काँग्रेसका अर्का पूर्व मन्त्री एवं केन्द्रिय सदस्य डा. रामशरण महतले पार्टी र सरकारकै व्यक्ति पनि विभिन्न भ्रष्टाचार काण्डमा मुछिएकाले सरकार छानबिनको सट्टा ढाँकछोप तर्फ लागेको बताए ।
उनले मिडियामाथी अंकुश लगाउँदा लोकतन्त्र नै कमजोर हुने धारणा राख्दै सरकार लोकतन्त्रका आधारस्तम्भ, स्वतन्त्र प्रेस, न्यायालय र मानवअधिकार आयोगलाई नियन्त्रण गर्न लागि परेको बताउँदै अर्को चुनावबाट काँग्रेसले पूर्ण बहुमत प्राप्त गर्ने दाबी गरे ।
कार्यक्रमलाई काँग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, क्षेत्रिय सभापति ललन प्रसाद गुप्ता, कृष्णासवरण अग्निसाइर गाउँपालिका प्रमुख परशुराम चौधरी, महासमिति सदस्य हेमनारायण चौधरी, पूर्वसांसद सुरेन्द्र यादवलगायतले पनि सम्बोधन गरेका थिए ।
यसअघि शनिबारै बिहान जिल्लाको खरचुइया बजारमा पनि राष्ट्रिय जनजागरण अभियान अन्तरगत विशाल आमसभाको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका २ सय ५२ जना नवप्रवेशीहरुलाई फूलमाला अबिर लगाई केन्द्रिय नेताहरुले स्वागत गरेका थिए ।
मुलुकमा सरकारबाटै भ्रष्टाचार भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
सारांश
- काँग्रेसका पूर्व मन्त्री एवं केन्द्रिय सदस्य महेन्द्र यादवले सरकार दुई तिहाईको दम्भमा क्षेत्राधिकार मिचेर सुन, वाईडबडी जहाज खरीद, बुढी गण्डकीको ठेक्का र एनसेलको कर लगायतका काण्डमा सरकारले छानबिन गर्न समेत नचाहेको आरोप लगाएका छन् ।
- त्यस्तै काँग्रेसका अर्का पूर्व मन्त्री एवं केन्द्रिय सदस्य डा.
- रामशरण महतले पार्टी र सरकारकै व्यक्ति पनि विभिन्न भ्रष्टाचार काण्डमा मुछिएकाले सरकार छानबिनको सट्टा ढाँकछोप तर्फ लागेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया