जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग

राजविराज राजविराज
|
बिहिबार, श्रावण १२, २०७९
|
|
११४ पटक हेरिएको
Shares
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग

सारांश

  •     बिहीबार क्रिएशन नेपाल काठमाडौंले उनलाई १० हजार रुँपैया नगद सहयोग उपलब्ध गराएको हो ।
  • संस्थाका प्रतिनिधि किरण ढकाल, समाजसेवि एवम् प्राध्यापक बन्दना मिश्रा, दिपक झा लगायतको टोली उनको घरमै पुगी सो सहयोग प्रदान गरेका हुन् ।
  •       सुत्केरी गराउदा ऋण लिएर गरेको अस्पताल खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण जुम्ल्याहा सन्तानलाई पोषिलो आहार समेत दिन नसकेको खबर प्राप्त भएपछि सहयोग उपलब्ध गराइएको क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
    गत जेठ १ गते जुम्ल्याहा सन्तान जन्माएकी राजविराज नगरपालिका १२ दमावत्ति टोलकी २५ वर्षिया पुनिता खंगलाई नवजात शिशु हुर्काउन पौष्टिक आहारको समस्या भइरहेको बेला विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेका छन् । 
    बिहीबार क्रिएशन नेपाल काठमाडौंले उनलाई १० हजार रुँपैया नगद सहयोग उपलब्ध गराएको हो । संस्थाका प्रतिनिधि किरण ढकाल, समाजसेवि एवम् प्राध्यापक बन्दना मिश्रा, दिपक झा लगायतको टोली उनको घरमै पुगी सो सहयोग प्रदान गरेका हुन् । 
    सुत्केरी गराउदा ऋण लिएर गरेको अस्पताल खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण जुम्ल्याहा सन्तानलाई पोषिलो आहार समेत दिन नसकेको खबर प्राप्त भएपछि सहयोग उपलब्ध गराइएको क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले बताए ।
    सो अवसरमा समाजसेवि एवम् प्रध्यापक बन्दना मिश्राले दैनिक ज्यालादारी मजदुरीको काम गर्दै आएका उनका श्रीमान् पञ्चदेवलाई शुक्रवारदेखि नै मजदुरीको काम दिने आश्वासन दिएकी छिन् । उनले नवजात शिशुका लागि लत्ताकपडा र खंग दम्पतिको सुरक्षित वासका लागि फुसको छानामा राख्न आवश्यक देखिएको त्रिपाल समेत उपलब्ध गराइने प्रतिबद्धता जनाइन । 
    पोष्टिक आहारको अभावमा आमालाई दुध नपुगेर बच्चा कुपोषण लाग्ने चिन्ताले खंग दम्पति सहयोगको याचना गर्दै आएका छन् । खंग दम्पतिको ७ दिनको अस्पताल बसाइले काम पनि छुटेकाले नवजात शिशुको लालनपालनमा समस्या भएको हो । 
    उनको पहिलेदेखि नै दुई छोरीहरु छन् । आमाबुवा गरी ८ जनाको परिवार पाल्न समस्या भएपछि खंग दम्पतिले सहयोगको लागि आग्रह गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै